'जेरी'पछि 'पुनर्जन्म' पनि मुनाफाको मुखमा ।

Punarjanma_banner_final [dropcap]नि[/dropcap]र्माता मोहनकृष्ण श्रेष्ठले ५ वर्ष अगाडि ५ पाँचलाख खर्च गरेर राजधानीको ग्राण्ड होटलमा भव्य पार्टी दिएर चलचित्र राज निर्माणमा हात हालेका हुन् । तर यो चलचित्रले लगानी पनि उठाउन सकेन त्यसपछि कन्यादानमा लगानी गरे त्यसमा पनि टाठोबाठोले खाइदिए । फेरि फूल स्टप बनाए त्यसमा पनि आम्दानीको रुपमा फूल स्टप नै लाग्यो ।
यो सत्य मोहन कृष्ण श्रेष्ठ लम्पनछप्पन नजान्ने राम्रो निर्माता हुन् उनले पाँच वर्षमा करोडौं रुपैयाँ फिल्म निर्माणमा लगाए तर सफलता भने जिरो नै रह्यो । यति सम्म आर्थिक रुपले डुबान हुँदा पनि सधैं फिल्म उद्योगलाई माया गर्नुको पछाडि उनी सफल निर्माण व्यवसायी हुन् । फिल्ममा जति डुबे पनि हिम्मत नहारेका मोहनकृष्ण श्रेष्ठले पुरानो टिम बिर्सेर नयाँ टिम बनाएर नयाँ निर्देशक, नयाँ वितरक अनिल चल्तीका कलाकार लिएर पुनर्जन्म चलचित्र निर्माण गरेका हुन् । शुरुमा त आर्यन सिग्देलका सबै फिल्म बक्स अफिसमा ओरालो लागेको बेला खासै आशा गरेको थिएन तर सोंच र कल्पना त्यो रहेन । आजको मितिसम्म चलचित्र विभिन्न हलमा प्रदर्शन भइरहेको छ । विहान यस चलचित्रका निर्देशक सजन श्रेष्ठले दिएको रिपोर्ट अनुसार चलचित्र पुनर्मन्मले ४६ लाख २७ हजार शेयर पाएको दाबी गरेका छन् । जबकि यो चलचित्र ३७ लाख लगानी लागेको रहेको उनी दाबी गर्छन् ।
पुनर्जन्मको शेयरको विषयलाई लिएर यस चलचित्रका वितरक रोहित रत्नले पनि लगानी कति हो हामीलाई थाहा भएन । चलचित्र चलचित्रले माथि उल्लेखित रकम आजसम्मको कारोबारले पाउने सत्य भएको बताए । चलचित्र अझै पनि भिसीडी राइट, विदेश राइटको कारोबार यथावत रहेकोले जेरी पछि व्यापारिक सफलता पाउने पुनर्जन्म नै रहेको छ । तर चलचित्र व्यापारिक सफलता झिनो अर्थमा पाएर डेब्यु निर्देशक सजन श्रेष्ठ जति खुसी छन् । निर्माता मोहन कृष्ण श्रेष्ठ भने त्यति खुसी नभएको बुझिन्छ तर पुनर्जन्मले भित्री रुपमा जस्तो सुकै नतिजा ल्याए पनि निर्माता मोहकृष्ण श्रेष्ठ र भद्रबहादुर शाहीको फिल्मी हाइट भने राम्रै बढाइदिएको छ त्यसैगरी ढल्किँदै गएर आर्यन सिग्देल, गजित विष्टलाई पनि माथि उठाएको सत्य हो ।

बक्सअफिसबाट ।

Namaste Filmy

Read Previous

बलिउडमा नेपाली हिरोइनको कमब्याक ।

Read Next

फिल्म र हल बर्गिकरणको मुद्धा बोर्डले जित्यो ।