फिल्म र हल बर्गिकरणको मुद्धा बोर्डले जित्यो ।

Film_devlopment_board [dropcap][/dropcap]०६८ साल माघ १८ गते गरिएको फिल्म र हल बर्गिकरणको निर्णयमाथि परेको मुद्धामा  चलचित्र विकास बोर्डले जित हासिल गरेको छ । फिल्म निर्माणमा बढेको बाढीलाई नियन्त्रण गर्न बोर्डले बर्गिकरणको नीति अगाडी ल्याउँदा फिल्मकर्मी केपी पाठकले त्यसको बिरोध गर्दै सर्वोच्चमा ०७० साउन १५ गते बिकाश बोर्डको निर्णय बिरुद्द  रिट दर्ता गरेका थिए ।

बोर्डको निर्णय बिरुद्ध पाठकले सर्वोच्चमा मुद्धा हालेपछि सर्वोच्च अदालतले समेत ुस्टे अर्डरु जारी गर्दै बिकास बोर्डको निर्णय कार्यान्वयन नगर्न निर्देशन दिएको थियो ।  सर्वोच्च अदालतमा हिजो  भएको अन्तिम सुनुवाईमा बिकास बोर्डले जित हासिल गरेको हो  ।

वकिल तारा कुमार श्रेष्ठले अदालतको यो फैसलासँगै बोर्डलाई हल तथा फिल्म वर्गीकरणको बाटो खुलेको बताए । ताराले बोर्डको तर्फबाट यस मुद्धा हेरेका थिए ।  निवर्तमान वोर्ड अध्यक्ष धर्मेन्द्र मरवौता ‘पप्पु’ले तात्कालिन समयमा आन्दोलनरत फिल्मकर्मीसँग फिल्म तथा हल वर्गीकरण गर्ने कुरामा सम्झौता गरेका थिए ।यो निर्णय लागु गराउँन तत्कालिन बोर्ड सदस्य नीलहरी काफ्लेले तीब्र भूमिका खेलेका थिए जसले आजको निर्णयलाई फिल्म उद्योगकै ठूलो उपलब्धी भनेका छन् ।

Namaste Filmy

Read Previous

'जेरी'पछि 'पुनर्जन्म' पनि मुनाफाको मुखमा ।

Read Next

बिराटलाई साथ दिन अष्ट्रेलिया पुगिन् अनुष्का ।