धुर्मुसले चर्पी बनाउन अमेरिकामा सहयोग माग्ने ।

Dhurmus_Suntali_Pramodहाँस्यकलाकार सिताराम कट्टेल ‘धुर्मुस’ले नेपालको सुदरपश्चिम क्षेत्रका बासिन्दालाई सर्वसुलभ चर्पी बनाउने अभियानका लागी अमेरिका पुगेर सहयोग माग्ने भएका छन । उनीसँगै कुञ्जना घिमिरे ‘सुन्तलीे’ पनि अमेरिका पुग्नेछिन ।
यो जोडीले अमेरिकामा रहेका सरसफाइलाई प्रथामिकता दिनुपर्छ जसले गर्दा शहर र देश सफा राख्न सकिन्छ भन्ने सन्देश बाँड्नेछन । खासमा उनीहरु ‘२०७२ नयाँ बर्ष धमाका भाग १’ कार्यक्रममा सहभागी हुन अमेरिका जान लागेका हुन । बिहिबार राजधानीमा पत्रकार सम्मेलन गर्दै कार्यक्रमको बारेमा जानकारी दिइयो ।
कार्यक्रमका लागी गायक प्रमोद खरेलको पनि अमेरिका जानेछन । पत्रकार सम्मेलनमा प्रमोदले नेपाली क्रिकेटको बिकासका लागी सहयोग गर्न आग्रह गर्ने बताए । उनीहरुसँगै लोकगायक पशुपति शर्मा र सँगीता थापामगरको पनि कार्यक्रममा सहभागिता रहनेछ ।
अप्रिल ४ बाट ३० मे सम्म हुने कार्यक्रम वल्र्ड विजिनेस मेनेजमेन्ट एण्ड कन्सल्टेन्ट ‘डब्लुबिएमसी’ नेपालको सहकार्यमा डब्लुबिएमसी अमेरिकाले आयोजना गर्न लागेको हो । कार्यक्रम भर्जिनिया, सेटल लगायत त्यहाँको दुई दर्जन शहरमा सम्पन्न हुनेछ ।

Namaste Filmy

Read Previous

बिराटलाई साथ दिन अष्ट्रेलिया पुगिन् अनुष्का ।

Read Next

भुलभुलैयाको अष्टनारायण हललाई मात्र २५ लाखको टिकट बेच्नुपर्ने यो कस्तो दबाब ?