चलचित्र मुटुका नायक विमलेश र उहाँको अनुभूति

राजेन्द्र कार्की,फाल्गुन १७
एभरेष्ट सुर्य बोहराद्धारा निर्मित तथा निर्देशित चलचित्रका नायक पात्रको रुपमा विमलेश अधिकारी देखापर्नु भएको छ । नेपाली पारिवारीक र युवाका कथाब्यथामा आधारित कथा वस्तुका कारण पनि चलचित्रले तिन हप्ता बिताउन सफल रहेको छ । नायक विमलेशको नजरमा यस चलचित्रमा कथा, लोकेशन, प्रस्तुती, गीत–संगित लगायतका सबै पक्षहरु सबल भएकै कारणले चलचित्रले सहजरुपमा तिन हप्ता पारगर्दै बाँकी रहेका चलचित्र गृहहरुमा समेत प्रर्दशनको क्रम बढीरहेको बताउनु हुन्छ । खास गरी म्युजिक भिडियोमा राम्रो जम्न सक्नु भएको नायक विमेलेशको “को हु म” चलचित्रमा पहिलो पटक नायकको भूमिकामा देखिनु भएको थियो । त्यस चलचित्रबाट समेत उहाँको अभिनयको तारिफ गरिएको थियो । पहिलो चलचित्र भने राम्रो भइकन पनी दर्शकमाझ त्यति टिक्न भने सकेको थिएन । तर चलचित्र मुटु तिन हप्ता टिक्न गाह्रो भएन भन्ने अनुभुति उहाँले पनि गर्नु भएको छ । खासगरी आम नेपाली युवाहरुले हाल भोग्नु परिरहेको कथावस्तुलाई जीवन्तरुपमा निर्माता निर्देशक सुर्य बोहराले सफलता पुर्वक पर्दामा उतार्न सक्नु नै अर्को सवल पक्ष मान्नु हुन्छ । स्वयं उहाँ लगायत युनिटले नै साह्रै मेहनत गर्नु भएको कुरा पनि स्विकार्दै आफ्नो त्यो क्षणको स्मरण गर्दै भन्नु हुन्छ “मैले चलचित्रको छाँयाकंनको दौरानमा दोलखा जिल्लाको प्राकृतिक मनोरम दृष्यहरुको प्रत्यक्ष अवलोकन गर्न पाए । मलाई पनि अरुले भन्नु भए जस्तै यस जिल्लालाई फिल्मि सिटी बनाउन उपयुक्त छ भन्ने ठाने । हामी जिल्लाकै उच्च पहाडी क्षेत्र सम्म पनि पुग्यौं । जहाँ छायाँकंनको लागि कठिन छ । लेक लागेर साह्रै गाह्रो अवस्था आइपर्छ भन्ने पनि स्थानियको भनाइ पाएका थियौं । तर हामी सबैले यो चुनौतीको सामना ग¥यौं । अन्ततः चलचित्रको गीतको छायाँकंन कार्य थियो, गरियो पनि । यी यस्ता दुख कष्ट र सबैको सबल पक्षकै कारण चलचित्रले तिन हप्ता गुर्जान सफल रहेको छ भन्ने लागेको छ ।”
521660_154771741358855_994040955_n
चलचित्र प्रोमोशनको क्रममा पनि उहाँले सहयोग पु¥याउन कुनै कसर बाँकी राख्नु भएन । तर चलचित्र सफल नै हुन्छ भनेर मात्र सहयोग पु¥याउन तम्सीनु भएको कुरा भने स्विकार्न चाहनु भएन । उहाँ धारणा के रहेको थियो भने चलचित्रका दुइ पक्ष अवश्य छन एउटा सफल अर्को असफल । उहाँ आफुद्धारा अभिनित चलचित्र भएकै कारणले मुख्यरुपमा त नैतिक रुपमा जिम्मेवारी बोध गर्नु भयो । त्यसैले पनि निर्माता निर्देशकको अनुरोधमा उपस्थिती हुनु पर्ने स्थानमा अनिवार्य उपस्थिती रहेको पनि बताउनु भएको छ । र चलचित्रको प्रर्दशन भरी नै नैतिक जिम्मेवारी बोध गर्दै आफुले प्रमोशनमा समेत कुनै कसर बाँकी नराखेको हामीसँग सहर्ष बताउन पनि कन्च्युँस्याई गर्नु भएन ।
1927067_448288715301172_1125407723_n
चलचित्रको छायाँकंनको क्रममा त उहाँले विर्सन नसक्ने अनुभूति पनि संगाल्नु भएको छ रे । किरानचोकको उच्च भागमा लेक लाग्ने खतरा त थियो नै तर भिरालो र पहाडी सडक अत्यन्त डरलाग्दो र जोखीम उठाउनु पर्ने बाध्यता थियो । तर गन्तब्यको मध्य स्थान तिर साधन अगाडि बढ्ने अवस्था आएन, बरु पछाडि हटेर भिरबाट गुट्गुटिन सक्थ्यो । त्यति बेला उहाँको आंङ् नै सिरिङ् भएको थियो रे । के हो ज्यान नै नर्फकने होकी भन्ने आशंका पनि कताकता नआएको पनि होइन । तर उहाँ गाडिमा जान तयार हुनु भएन । त्यो पहाडको उच्च भागमा हिडेर नै पुग्नु भएको थियो रे । मेहनत, धर्यता, साहस र अन्य सबै पक्षको संयोजन कै कारण चलचित्रले दर्शकहरुको मुटु झुन सकेको बताउनु हुन्छ, नायक विमलेश अधिकारी । चलचित्रकी नायिका केकी अधिकारी रहेकी छन् भने मुख्य आकर्षक बालकलाकार सुप्रिम विक्रम शाह रहेका छन् ।

Namaste Filmy

Read Previous

फिल्म 'शादि के साइड इफेक्ट'को बक्स अफिसमा सामन्य सुरुवात ।

Read Next

'मेरो बेस्ट फ्रेन्ड'को गीत रिलिज । प्रियंका बनिन पंक्षी । (भिडियो हेर्नुहोस)