शिव परियारको आवाज रहेको ‘लाटी’को अर्को मन छुने गीत सार्वजनिक (भिडियो सहित)

चलचित्र ‘लाटी’को नया गीत सार्वजनिक गरिएको छ ।सार्वजनिक ‘यो मायाको रीत यस्तै हो “बोलको गीतमा आयुश बिकको शब्द तथा सँगीत र शिव परियारकाे स्वर रहेको छ ।’यो मायाको रीत यस्तै हो “यस गीत मन छुने बनेकोले सबैको मन छुने चलचित्रका निर्माता प्राशन्न(पुरुषोत्तम) रिमालले नमस्ते फिल्मीलाई बताउनु भयो ।
laatiजेठ १५ गते बाट प्रदर्शनमा आउने लागेको फरक कथावस्तु,माैलिक चलचित्रको यस गीतलाई चलचित्रका निर्माता प्राशन्न(पुरुषोत्तम) रिमालकाे जन्मदिन पारेर रिलिज गरिएको हो ।चलचित्र ‘लाटी’को यस अघि सार्वजनिक गीत “सुनकोसीमा मुखै धुने “बोलको गीतलाई दर्शक तथा स्रोतले खुब मन पराएका छन् भने यसै गीतमा आवाज दिएका संयोग योगीको आवाजलाई खुब मन पराएका छन् । संयोग नेपाली सुगम सँगीत र शास्त्रीय सँगीतका अब्बल गायक शिशिर योगीका छोरा हुन । साँगितिक वातावरणमै हुर्किएका संयोगले फिल्म लाटीको सुनकोशीमा मुखै धुने बोलको गीतबाट आफ्नो अदभुत क्षमता देखाएका छन ।
फिल्म ‘लाटी’लाई राजबहादुर सानेले निर्देशन गरेका हुन । फिल्ममा सबिना कार्की, रिभल मल्ल ,जिके शर्मा, सुजल नेपाल ,सुवास गजुरेल, नेत्र बिस्ट लगायतको अभिनय देख्न सकिन्छ । शिशिर जय खरेल, त्रिलोचन सैजु, पुरुषोत्तम रिमाल र प्रकाश खत्रीको निर्माण रहेको छ ।

Namaste Filmy

Read Previous

कुनैबेला शाहरुख कमाउथे मात्र ५० रुपैंया ।

Read Next

मर्याे भनिएपछि राजपाल बोले : म जिउँदै छु ।