पशुपतिले ‘दोहोरी गाउने, नाङ्गै हिड्ने’ भनेपछि,ज्योति भन्छिन : दुईबारको जिवनमा रिल्याक्स गर्दै बाचिन्छ उफ्री उफ्री नाचिन्छ ( भिडियो सहित )

पछिल्लो समय स्टेज कार्यक्रममा आफ्नो पहिरन र जवानीले निकै चर्चित बनेकी गायिका ज्योति मगरले आफ्नो बारेमा नै नया गीत निकालेकी छिन् ।‘म नि कम्ता छैन’ बोलको रोईला गीतको भिडियो समेत सार्वजनिक गरिएको छ ।लोक गायक पशुपति शर्मा र गायिका ज्योति मगरले एकअर्काको कमी कमजोरीलाई गीतमार्फत प्रस्तुत गर्दै ठट्यौली रोईला गीत बजारमा ल्याएका छन् ।
jyotiलोक गायक पशुपति शर्माले गायिका ज्योति मगरलाई लोक गीत गाउने भए छोटा लुगा नलगाउन आग्रह गरेका छन् । पछिल्लो समय स्टेज कार्यक्रममा देखिएको ज्योतिको हर्कतले गर्दा उनको जवानीप्रति चिन्तित हुदै पशुपतिले यसो भनेका हुन् ।पशुपतिले ज्योति मगर यसरी हरेक स्टेज कार्यक्रममा प्रस्तुत भएभने हाम्रो संस्कार समेत मेटिने बताएका छन् । तर यसको खण्डन गर्दै गायिका ज्योतिले भने दुईबारको जीवनमा रिल्याक्सगर्दै हिड्ने र अझैं छोटा लुगा लगाउने बताएपछि गायक पशुपति समेत छक्क परेका छन् । त्यसपछि पशुपतिले पनि गालामा रस हुने दिनसम्म मात्र लोक संगीतको बजारमा ज्योतिको स्टेज कार्यक्रममा चयन हुने बताएका छन् ।दरबार रोधी घरमा छायांकन गरिएको भिडियोमा पशुपति शर्मा, रमेशराज भट्टराई र ज्योति मगरलाई फरक शैलीमा देखाईएको छ । बब्बु थापाको निर्देशन रहेको यस गीतमा दुर्गा पौडेलको छायांकन, प्रबिन भट्टको सम्पादन रहेको छ । गायक पशुपति शर्माको शब्द तथा लय संकलन रहेको यस गीतलाई आशिष म्युजिक प्रा. लिले बजारमा ल्याएको हो ।

Namaste Filmy

Read Previous

भुलभुलैया र षडङ्गको व्यापारिक नतिजा

Read Next

दिपिका भन्छिन: जोसँग जतिखेर सेक्स गरे नि मेरो मर्जी ।