हवाइजहाजबाट हामफाले अक्षयकुमारको फ्यान ।

angry-akshay-kumarसोमबार मुम्बईबाट एउटा समाचार फैलियो । त्यहाँको एयरपोर्टमा ल्यान्ड हुदै गरेको हवाइजहाजबाट एक यात्रु हामफाले । उक्त यात्रु प्लेनको इमरजेन्सी ढोका खोलेर पंखामा दौडिदै जमिनमा हामफालेका थिए ।
यसरी हामफालेर बहादुरी देखाउने ब्यक्ति आकाश जैन हुन । उनी प्लेनबाट हामफाल्दै एयरपोर्ट बाहिर समे निस्किएका थिए । तर क्यामेरामा उनी कैद भए र प्रहरीले खाजी सुरु गर्यो । त्यसपछि उनी नजिकै बसबाट पक्राउ परे ।
पक्राउपछि उनले आफु अक्षयकुमारको ठुलो फ्यान भएको र उनकै जस्तो स्टन्ट गरेको बताएका छन । अक्षयकुमारले यस प्रकारको स्टन्ट ‘फिल्म खिलाडी ४२०’ मा गरिसकेका छन । उनले आफुलाई आत्मसन्तुष्टि मिलेको बताए ।

Namaste Filmy

Read Previous

गीत हिट भए पछि ‘रेशम फिलिली’को ‘क्यारेक्टर पोष्टर’सार्वजनिक

Read Next

दशकपछि फिल्ममा रमेश उप्रेती ।