
अन्तत: नयाँ पुस्ताका स्टार हिरो अनमोल केसी र हिरोइन आना शर्मा रिलेशनमा रहेको पक्का भएको छ । हजारौ युवतिका ढुकढुकी अनमोलले अहिलेसम्म आफु र आना सिर्फ मिल्ने साथीमात्रै बताउदै आएका थिए ।
त्यसो त उनी अहिले पनि आफुहरु मिल्ने साथी मात्रै भएको बताउछन । तर यी दुईबीचको निकटता र केयरिङले प्रेममा रहेको प्रस्ट पार्छ ।
प्रसंग अनमोलको जन्मदिनको । सोमबार बिहान बुवा भुवन केसीसँग मन्दिर गएर अनमोलले जन्मदिन मनाए । दिउँसो भने अनमोल आमा सुस्मिता केसीसँग लञ्चका लागी पुगे । उनीसँगै थिए नायिका आना शर्मा । सुस्मिताले आनालाई परिवारकै सदस्यको रुपमा इंगित गरिन । उनले फेसबुकमा फोटो शेयर गर्दै लेखिन् : ‘इन्जोए विथ माई बर्थडे ब्वाय अनमोल एन्ड माई डटर आना । स्मल फ्यामिली, ह्याप्पी फ्यामिली ।’
फिल्म जेरी डेब्यु अनमोल र आना त्यसयता सँगसँगै छन । जेरी छयांकनदेखि नै नजिकिएका यी दुई अहिले पनि साथै हिड्ने गर्छन । उनीहरुले गएको होली पनि साथै मनाएका थिए । केहि स्पेशल इभेन्टमा अनमोल आनासँगै देखिने गरेका छन।

