'मेरो बेस्ट फ्रेन्ड'को गीत रिलिज । प्रियंका बनिन पंक्षी । (भिडियो हेर्नुहोस)

फाल्गुन १८ ।
लामो समय देखि प्रतिक्षित मानिएको चलचित्र ‘मेरो बेस्ट फ्रेण्ड’को पहिलो गीत रिलिज गरिएको छ । सार्वजनिक म पंक्षी हु बोलको गीतमा मिलन अमात्यको स्वर तथा राजनराज सिवाकोटीको संगीत रहेको छ। गीतमा नायिका प्रियंका काकीै र रेश मरहठालाई देख्न सकिन्छ ।Picturekk अगामी बैशाखसम्ममा प्रदर्शन गर्ने लक्ष रखिएको चलचित्रलाइ प्रसन्न पौडेलले निर्देशन गरेका हुन । म्युजिक भिडियोका सफल निर्देशक पौडेलले यसअघि चलचित्र स्वर निर्देशन गरेका थिए ।
त्रिकोणात्मक प्रेम कथालाई समेटिएको चलचित्र  ‘मेरो बेस्ट फ्रेण्ड’ मा  रचना हरिहर आचार्य र भुपेन्द्र खड्काको रहेको छ। अभिनयको हिसावले प्रियंका कार्कीले डेब्यु गरेको चलचित्र ‘मेरो बेष्ट फ्रेण्ड’ को रिलिज मिती एक बर्ष पहिले नै तोकिए पनि बिबिध कारण देखाउदै सारिएको थियो अब भने चलचित्रलाई हलसम्म पुर्याउने तयारीमा निर्माण युनिट पुगेको हो ।

चलचित्रमा प्रियंका संगै रेश मरहठ्ठा र दिवस उप्रेती लिड रोलमा छन् ।


चलचित्रमा अच्युत अधिकारीको पटकथा तथा संवाद रहेको छ भने राजनराज शिवाकोटीको संगीत रहेको छ।यो चलचित्रलाई बिदूर पाण्डेले खिचेका हुन् भने  हिमाल केसीको द्वन्द , सुरेन पौडेलको सम्पादन रहेको छ चलचित्रलाई प्रजिता बज्राचार्यले  निर्माण गरेकी हुन् । चलचित्रले प्रसन्नको निर्देशाकिय तारिफ बढाउनेमा उनि ढुक्क छन् ।

Namaste Filmy

Read Previous

चलचित्र मुटुका नायक विमलेश र उहाँको अनुभूति

Read Next

दर्शना आर्टसले सुरु गर्यो नेपाली फिल्मको बितरण ऋतुसंगै ५ फिल्म बितरण गर्ने पक्का ।