बैशाख११मा ‘झोला’पुन प्रदर्शन हुदै

सय बर्ष पहिले नेपाली समाजमा विद्धमान सती प्रथाको विषय उठान गरेको मौलिक चलचित्र ‘झोला’ सिनेमा घरमा पुनः प्रदर्शनमा आउने भएको छ । साहित्यकार कृष्ण धारावासीको ऐतिहासिक कथामा आधारित यो चलचित्र निर्माण युनिटले आउँदो नयाँ बर्ष २०७२ सालको बैशाख ११ गते देशव्यापी पुनः प्रदर्शनमा आउन लागेको जानकारी गराएको छ ।
jhola_nepali_movieदेश तथा विदेशका विभिन्न फिल्म फेस्टिभलहमा प्रदर्शन भईसकेको यो चलचित्र नेपालबाट ओस्कार अवार्डको लागी पनि छनोट भएको थियो भने अभिनेत्री गरिमा पन्तले यो चलचित्रबाट ‘सार्क फिल्म फेस्टिभलमा उत्कृष्ट नायिकाको अवार्ड समेत हात पारेकी थिईन् ।
यो चलचित्रले सार्क फिल्म फेस्टिभलसँगै ‘वासिङ्ग्टन वेस्ट फिल्म फेस्टिभल अमेरिका, गोवा ईन्टरनेशनल फिल्म फेस्टिभल भारत, दिल्ली ईन्टेनेशनल फिल्म फेस्टिभल भारत, डेनेभर ओमेन फिल्म फेस्टिभल कोलोराडो’ लगायतका विभिन्न अन्तर्रा्िष्ट्रय चलचित्र महोत्सवहमा नेपालको प्रतिनिधित्व गरि सकेको छ ।
गरिमा पन्तसँगै देशभक्त खनाल, दिपक क्षेत्री, सुजल नेपाल, लक्ष्मी गिरी लगायतको अभिनय छ । चलचित्रमा राज तिमिल्सेना, मालती शाह, सुशिल शाह, रामगोपाल श्रेष्ठले लगानी गरेका हुन्। ‘झोला’लाई पुनः प्रदर्शनमा एफडी कम्पनिले वितरणको जिम्मा लिएको छ । चलचित्र देशभरका ५० भन्दा बढी हलमा प्रदर्शनमा आउने छ ।

Namaste Filmy

Read Previous

नायिकाको कारण निर्देशकको घरबार बिग्रियो ।

Read Next

निखिलको ‘भैरव’ जेष्ठ २२ मा रिलिज हुने