निखिलको ‘भैरव’ जेष्ठ २२ मा रिलिज हुने

कुनै एक समयका एक्सन स्टार नायक निखिल उप्रेती करिब ५ बर्षपछि अभिनय गरेको चलचित्र ‘भैरव’जेष्ठ २२ गते रिलिज हुने भएको छ ।चलचित्र ‘भैरव’लाई निखिल उप्रेती आफैले निर्माण तथा निर्देशन गरिरहेका छन् ।
nikhil upretiकरिब ७० दिन लगाएर छायांकन सकिएको चलचित्र ‘भैरव’को अहिले धमाधाम पोस्ट प्रोड्क्सन कामहरु भैरहेको छ ।चलचित्रमा नायक उप्रेती प्रहरीको भूमिकामा देखिएका छन् भने उनलाई यस चलचित्रमा निखिललाई नयाँ रुपमा पनि देख्न सकिन्छ ।चलचित्र ‘भैरव’मा निखिलको अलाबा नायिका अनु शाह, थुप्रै बलिउड चलचित्रमा समेत अभिनय गरेका चर्चित कलाकार मुरलीधर,नगेन्द्र रिजाल ,रबिन हुड सेन लगायतको कलाकारको मुख्य अभिनय रहेको छ ।
भारतीय सिमाना क्षेत्रमा हुने चोरी डकैती र तस्करीमा नेपाल प्रहरीको भूमिकाको विषय वस्तुलाई चलचित्रमा उठाउन खोजिएको छ ।चलचित्र ‘भैरव’लाई एउटा सम्भावना बोकेको चलचित्रको रुपमा हेरिएको छ यदि यो चलचित्र चलेमा निखिलको पुन चलचित्र नगरीमा कमब्याक हुने धेरैको अनुमान रहेको छ ।एक्सन नायकको रुपमा रहेको पुरानो क्रेजलाई निखिलले चलचित्र ‘भैरव’ मार्फत फर्काउन दिलोज्यान दिएर काम गरेका छन् ।चलचित्रलाई एफ.डी कम्पनी वितरण गर्ने भएको छ ।

Namaste Filmy

Read Previous

बैशाख११मा ‘झोला’पुन प्रदर्शन हुदै

Read Next

‘अधकट्टी’को अफिसियल ट्रेलर सार्वजनिक हेर्नुहोस (ट्रेलर सहित )