सोनाक्षीलाई चाहिएन दिपिकालाई जस्तो सेक्स स्वतन्त्रता ।

sonakshi-sinha-and-Dipika_padekoneकेहि दिनअघि महिला सशक्तिकरणका लागी भन्दै दिपिका पादुकोणको एउटा भिडियो सार्वजनिक भयो । भिडियोमा उनले महिला हरेक क्षेत्रमा स्वतन्त्र हुनुपर्ने बताएकी थिइन ।
उनले महिला कस्तो लगाउने, के खाने, कहाँ जाने, कसरी हिड्ने लगायत हरेक कुरामा आफ्नो तरिकाले हिड्न पाउनुपर्ने भन्दै वकालत गरिन । यहाँसम्म कि उनले बिहेपछि वा अघि महिलाले चाहनाअनुसार जोसँग जतिबेला पनि सेक्स सम्बन्ध राख्न पाउनुपर्ने बताइन ।
तर उनको यस बिचारहरुमा बलिउडकै अर्कि हिरोइन सोनाक्षी सिन्हाले असहमति जनाएकी छिन । उनले यो सब कुरामा महिला सशक्तिकरणको सम्बन्ध नै नभएको बताएकी छिन ।
एक इभेन्टमा बोल्दै उनले भनिन महिला सशत्तिकरणको अर्थ यो हैन कि कस्तो कपडा लगाउने या कोसँग कतिखेर सेक्स गर्ने । मेरो हिसाबमा महिला सशक्तिकरण भनेको महिलालाई रोजगार र शक्ति दिनु हो । उनले आफुलाई दिपिकालाई जस्तो सेक्स स्वतन्त्रता नचाहिएको पनि बताइन ।

यो पनि पढ्नुहोस :

दिपिका भन्छिन: जोसँग जतिखेर सेक्स गरे नि मेरो मर्जी ।

Namaste Filmy

Read Previous

‘अधकट्टी’को अफिसियल ट्रेलर सार्वजनिक हेर्नुहोस (ट्रेलर सहित )

Read Next

फिल्मकर्मीलाई डा. केसीको चिन्ता । रेखा भन्छिन : खाना खानुस ।