दर्शना आर्टसले सुरु गर्यो नेपाली फिल्मको बितरण ऋतुसंगै ५ फिल्म बितरण गर्ने पक्का ।

फाल्गुन १८ ।
केहि बर्ष पहिले स्थापना भई नेपलमा हिन्दी फिल्म मात्र बितरण गर्दै आएको दर्शना आर्ट्सले अब भने नेपाली फिल्म पनि बितरण गर्ने भएको छ । शनिबार काठमन्डौमा एक कार्यक्रमको आयोजना गरी सो कुरा दर्शनाले बताएको हो ।darshanaआर्ट्सका तर्फबाट प्रमुख दिपक अधिकारी,सीइेओ तथा निर्देशक सुरेश दर्पण पोख्रेल,बितरण ब्यबस्थापक रमेश पोख्रेल लगायतको उपस्थित थियो भने चलचित्र निर्देशक समाजका अध्यक्ष दिनेश डिसी,निर्माता संघका अध्यक्ष राजकुमार राइे,चलचित्र संघका अध्यक्ष प्रदिप उदय लगायतको उपस्थित रहेको थियो । दर्शनाले फागुन २३मा ऋतु ,जेठ महिनाको २ गते उत्सव, ९ मा हँसिया , २३मा पुन्टे परेड र रिलिजको मिति घोषणा नगरिएको ‘वान वे’ को वितरण जिम्मेवारी लिदै नेपाली फिल्म वितरण सुरु गरेको जनाएको हो । तर ऋतुको मोफसल वितरण चाहि मनोज राठी ग्रुपलाई दिईएको छ भने बाँकी फिल्महरुको मोफसल वितरण एफ.डी.कम्पनीबाट गर्ने लिखित सम्झौता समेत कार्यक्रममा भएको छ ।darshnaकार्यक्रममा दर्शनाका सिइेओ सुरेश दर्पण पेखरेलले राम्रा सम्भावना बोकेका फिल्म मात्र बितरण गर्ने र बितरकका कारण निर्माता तथा निर्देशकले झेल्नु परेको समस्याबाट मुक्ती दिलाई आर्थिक पारदर्शितामा बिशेष ध्यान दिएर आर्ट्स अगाडी बढ्ने जानकारी गराए । दर्शना आर्टसका प्रमुख दिपक अधिकारीले आगामी दिनमा फिल्मको बितरण मात्र नभएर नेपाली फिल्म निर्माण मा समेत लागनी गर्ने सोच रहेको उल्लेख गरेका छन ।

Namaste Filmy

Read Previous

'मेरो बेस्ट फ्रेन्ड'को गीत रिलिज । प्रियंका बनिन पंक्षी । (भिडियो हेर्नुहोस)

Read Next

आदित्यको प्रेममा परिणिति ।