
[dropcap]वि[/dropcap]गत १२ दिनयता आमरण अनसनमा बसेका डा. गोविन्द केसीको स्वास्थ्यप्रति विभिन्न फिल्मकर्मीले चिन्ता ब्यक्त गरेका छन । बरिष्ठ कलाकार महजोडी देखि नायिका रेखा थापासम्मले उनको ज्यान जोगाउन अपिलसमेत गरेका छन ।
विभिन्न मानावअधिकारवादीसँगै उनीहरुले एक बिज्ञप्ती जारी गर्दै डा. केसीको अनसनप्रति एैक्यवद्धता जनाएका छन । बिज्ञप्तीमा डा. केसीलाई खाना लिइदिनको लागी समेत बिनम्र आग्रह गरिएको छ ।
नायिका रेखा थापाले पनि डा. केसीको ज्यान जोगाउनु अत्याबश्यक रहेको औल्याउदै खाना खाइदिनको लागी केसीलाई आग्रह गरिन् । उनीहरुबाहेक अन्य थुप्रै फिल्मकर्मीले समाजिक सञ्जालमार्फत डा. केसीको अनसनमा समर्थन जनाइरहेका छन ।
मेडिकल शिक्षामा सुधारसहित विभिन्न १२ बुदेँ माग राख्दै केसी अनसन बसेका हुन । उनको यो पाँचौपटकको अनसन हो । उनको समर्थनमा देशभरका अस्पतालमा ओपिडी सेवा बन्द छन ।

