'मेरो पनि ब्वाईफ्रेन्ड छ' : मोडल/नायिका सपना ।

[dropcap][/dropcap]क्सर सेलेब्रेटीहरु आफ्नो प्रेम सम्बन्धलाई लुकाउने प्रयास गर्छन । आफ्नो प्रोफेसनल लाइफलाई निजी प्रसंगले नकरात्मक असर पुग्ने सोच सेलेब्रेटीको हुने गर्छ । कतिपयले त आफ्नो फ्यान घट्ने कारण पनि कसैसँगको सम्बन्ध गोप्य राख्छन । sapana_lamichhaneतर काँचको पर्दामा स्थापित हुने धुनमा रहेको नायिका तथा मोडल सपना लामिछानेले भने कुरा लुकाइनन् । उनले नमस्तेफिल्मीसँगको कुराकानीमा भनिहालिन् :  ‘अहिले त मेरो पनि ब्वाईफ्रेन्ड छ’ ।
एक बर्षअघि सम्म सिंगल छु भन्दै हिड्ने गरेकी सपनालाई नमस्तेफिल्मीले फेरी प्रश्न गर्यो : ‘कति भयो लभ परेको’ ? ‘त्यहि एक बर्ष हुन लाग्यो’ : उनले भनिन ।
‘को हो नि ब्वाइफ्रेन्ड’ ? नमस्तेफिल्मीको प्रश्न सुन्नेबित्तिकै उनी बोल्न थालिन : ‘बिनोद ढुङगेल । कोटेश्वर बस्नुहुन्छ । बिजनेस गर्नुहुन्छ ।’
सपनाले केहि नमानी सरर बताएपछि नमस्तेफिल्मीले पुन जिज्ञासा थपे । ‘बिहे चाँहि कहिले गर्ने त’ । ‘अब छिट्टै, धेरै कुर्न सक्दैनौ ।’ उनको जवाफ आयो । आफुहरुमा एकदमै बिश्वास र केयरिङ भएको पनि उनले बताइन ।

Namaste Filmy

Read Previous

हेटौडामा 'पुतली' शुभमुहुर्त ।

Read Next

शाहरुख खानको छोरा पनि हिरो बन्दै ।