"चंखे शंखे पंखे" ट्रेलर रिलिज हेर्नुहोस (ट्रेलर सहित)

cha2 - Copyसुर्दशन थापाले निर्देशन गरेको नया चलचित्र “चंखे शंखे पंखे” बिहिबार राजधानीमा एक भब्य कार्यक्रमको बिच ट्रेलर रिलिज गरिएको छ ।रात्री भोज सहितको निकै ठूलो जमघटका बीच आयोजित समारोहमा जव सुर्दशन थापाको टिमले चंखे शंखे पंखेको ट्रेलर रिलिज गर्यो त्यस पश्चात थप दुई प्रोजेक्ट निर्माणको घोषणा पनि गरियो उक्त कार्यक्रममा ।
ch12 - Copy (2) - Copyउक्त कार्यक्रममा चलचित्र युनिट,चलचित्रकर्मी तथा संचारकर्मीको बाक्लो उपस्थित रहेको थिए ।जेठ १ गते बाट प्रदर्शनमा आउन लागेको चलचित्र चंखे शंखे पंखे रिलिज भएको दुई महिना पश्चात फ्लोरमा जानेगरी प्रेम गीत नामक फिल्म निर्माण गर्ने एवं फिल्मकी मुख्य हिरोइन पूजा शर्माले पनि चंखेका निर्माता सन्तोष सेनसंग मिलेर आफैले एक नयाँ फिल्म निर्माण गर्ने घोषणा समेत गरिएको छ ।
ch11 - Copy (2)मीरा टाइँटल रहने फिमेल ओरेन्टेड पूजाको फिल्ममा पूजा आफै हिरोइन चाँहि हुने छैनन् । उक्त समारोहमा पूजाले एडिटर ट्रन्स् डाईरेक्टर सुरेन्द्र पौडेल आफ्नो फिल्मको निर्देशक हुने भन्दै परिचय समेत गराएकी थिईन् । निर्माता सन्तोष सेनले चाँहि सोचे भन्दा दुई स्टेप माथि रहेर चंखे शंखे पंखे फिल्म बनेकाले आफूले लगातार थप दुई प्रोजेक्टमा हात हाल्ने निर्णय गरेकोे बताएका छन् ।
cha6 - Copyचलचित्र चंखे शंखे पंखे पब्लिसिटी बाहेक फिल्म निर्माणमा मात्र १ करोड १० लाख लगानी लागेको दाबी गरिएको छ । फिल्मलाई बैशाख ४ गते बहराइनमा प्रिमियर गरिदै छ ।
cha8 - Copyफिल्ममा निर्देशक सुदर्शन स्वयमले हिरोको रुपमा अभिनय गरेका छन । उनीसँगै सुवास थापा, प्रेम पुरी, नन्दिता केसी, पुजा शर्मा, प्रमोद अग्रहरी लगायत कलाकारको अभिनय रहेको छ ।
‘चंखे शंखे पंखे’ को ट्रेलर हेर्नुहोस:

Namaste Filmy

Read Previous

शाहरुख खानको छोरा पनि हिरो बन्दै ।

Read Next

"रेशम फिलिली"को अफिसियल ट्रेलर सार्वजनिक हेर्नुहोस (ट्रेलर सहित)