संगीतकार अर्जुन पोखरेल सम्मानित ।

[dropcap][/dropcap]छिल्लो समयको ब्यस्त तथा चर्चित संगीतकार अर्जुन पोखरेल गृह जिल्ला चितवनमा सम्मानित भएका छन । जिल्लाको स्थानिय माधवपुर युवा समाजले एक भव्य कार्यक्रमका बीच संगीतकार पोखरेललाई सम्मान गरेको हो । Arjun_pokherel_sammanचैतेदशै तथा रामनवमीको अवसरमा आयोजित विविध खेलकुद तथा साँस्कृतिक कार्यक्रमको प्रमुख अतिथिको रुपमा निम्त्याइएका पोखरेललाई सम्मानपत्रसँगै दोसल्ला ओढाएर मायाको चिनो दिइएको थियो ।
उनले स्थानिय युवाहरुले आफुलाई गरेको सम्मानमा खुशी ब्यक्त गरे । आफु जन्मे हुर्केको ठाँऊ र विगतमा आफुसमेत आबद्ध संस्थाबाट सम्मानित हुन पाउनु आफ्नो लागी गर्वको बिषय भएको उनले बताए । Arjun_pokherel_samman1कार्यक्रम आयोजकले भने आफ्नै गाँऊ ठाँऊमा हुर्केर हाल राष्ट्रिय स्तरमा ख्याति कमाउन सफल भएकोमा पोखरेललाई सम्मान गरिएको जनाए । पोखरेलले आफ्नो कला क्षमताले गाँऊकै नाम राखेको आयोजक माधवपुर युवा समाजको भनाई छ ।
संगीतकार पोखरेल पछिल्ला समयको सर्वाधिक ब्यस्त संगीतकार हुन । उनका कयौ गीतहरु हिट छन । उनले दर्जनौ फिल्महरुमा संगीत दिइसकेका छन भने कयौ आधुनिक गीतमा समेत संगीत दिएको छ । उनको संगीतमा एल्बम स्वर्णिम सपना पनि हालै सार्वजनिक भएको छ ।

Namaste Filmy

Read Previous

बिराट र अनुष्काले रैनालाई धोका दिएपछि ।

Read Next

चेपाङ बालबालिकालाई 'स्वर्णिम सपना'को सहयोग ।