आदित्यको प्रेममा परिणिति ।

फाल्गुन १८ ।
बलिउडका हट हिरोइन प्रियंका चोपडाकि बहिनी नायिका परिणिती चोपडा आजभोली आदित्य राय कपुरको प्रेममा परेको खबर आएको छ । हालसम्म एक्लै रहेकी परिणितीको जीवनमा आदित्यको आगमन भएको खबरले अहिले बलिउड नै तातेको छ ।  541ce8c29abdca8bf88b15fe14b1c712
यी दुई एकसाथ हिँड्न र कैयौं स्थानमा संगै भेटिन थालेपछि अरुले यो अडकल गर्न थालेका हुन् । केही दिनअघि परिणितीले सबैभन्दा प्रतिभाशाली नायकको रुपमा आदित्यको नाम लिएकी थिईन् । जसको पछाडीको कारण उनीहरुबीचको अफेयर नै भएको अड्कल काटिएको छ ।
यी दुईबीचको अफेयर हबीब फैजलको फिल्म ‘एक अनाम’को सुटिङसँगै सुरु भएको बताईन्छ ।
परिणितीले बलिउडमा प्रवेश गर्दै गर्दा उनको नाम उदय चोपडासँग जोडिएको थियो । उनी यहाँसम्म आउनुमा उदयको पनि हात रहेको भन्नेहर प्रसस्तै भेटिन्छन् । तर अहिले भने हसि तो फसी कि यी हिरोइन को नाम आशिकि २ का आशीक आदित्य राय कपुरसंग जोडिएको हो ।

Namaste Filmy

Read Previous

दर्शना आर्टसले सुरु गर्यो नेपाली फिल्मको बितरण ऋतुसंगै ५ फिल्म बितरण गर्ने पक्का ।

Read Next

नेपालीहरुलाई तयार रहन 'मिका सिहं'को आग्रह । आज साझ ५ बजे स्टेजमा उक्लने ।