चेपाङ बालबालिकालाई 'स्वर्णिम सपना'को सहयोग ।

चितवन । आधुनिक गिति एल्बम ‘स्वर्णिम सपना’को प्रमोसनका लागी चितवन आइपुगेका संगीतकार अर्जुन पोखरेलले गामवेसीको चेपाङ संरक्षण केन्द्रलाई आर्थिक सहयोग गरेका छन । शनिबार नारायणगढमा एक कार्यक्रमका बीच उनले केन्द्रका प्रमुख केपी किरण शर्मालाई रु १० हजार १ सय ५ नगद हस्तान्तरण गरे ।Swornim_Sapana_Sahayogपोखरेलले सो सहयोग एल्बमका गीतकार देवल भण्डारी र एल्बम स्वर्णिम सपनाको तर्फबाट भएको बताए । गीतकार हाल अष्ट्रेलियामा रहेकाले आफु सहयोगको माध्यम मात्र बनिदिएको उनको भनाई थियो । उनले हाल गीतसंगीतको अवस्था धरासायी भए पनि यसरी सहयोग गर्न पाउदा अत्यन्त खुशी लागेको बताए ।

debalसहयोग ग्रहण गर्दै गामवेशीको चेपाङ संरक्षण केन्द्र प्रमुख केपी किरण शर्माले खुशी ब्यक्त गरे । सो सहयोग रकमले केन्द्र परिसरमा दुर्गा र सरस्वतिको मन्दिर निर्माण गर्ने शर्माले बताए ।

हाल अष्ट्रेलियामा रहेका गितकार भण्डारीले भने फोनवाटै कुराकानी गर्दै सहयोग गर्न पाएकोमा खुसी ब्यत्त गरे । गितकार तथा निर्माता भण्डारीले संगीतको क्षेत्रमा मात्रै नभएर आफुले सामाजीक कार्यसंगै अगाडी बढ्ने वताए ।

केहि साता अघि राजधानीमा बिमोचन गरिएको एल्वममा भारतिय चर्चित गायक गायीकाको स्वर रहेको छ । अर्जुनले एल्बमका सबै गीत मुम्बई गएर रेकर्ड गराएका हुन् । एल्बममा उदित नारायण झा, महालक्ष्मी ,आभाष, अभिजित लगायतको स्वर छ ।

Namaste Filmy

Read Previous

संगीतकार अर्जुन पोखरेल सम्मानित ।

Read Next

'हो म पोर्नस्टार हुँ' : सन्नी लियोन ।