नेपालीहरुलाई तयार रहन 'मिका सिहं'को आग्रह । आज साझ ५ बजे स्टेजमा उक्लने ।

फाल्गुन १८ ।
बलिउडका चर्चित गायक मिका सिहं यतिबेला निकै उत्साहित छन । पहिलोपटक सांगितीक प्रस्तुतीको लागी नेपाल आउन लागेका उनी आज दिउसो नेपाल ल्याण्ड हुनेछन ।

Picture1उनले आज फेसबुक पेजमा एक स्टाटस अपडेट गर्दै फस्ट टाइम नेपाल आउन लागेको ले सम्पुर्ण नेपालीलाई आफुसंगै नाच्नको लागी तयार रहन आग्रहसमेत गरेका छन ।

मिका दुबईको संगितिक कार्यक्रम सकेर दिल्ली हुदै नेपाल आउदैछन । दुबईबाट आज बिहान दिल्ली ओर्लिएका उनी दिउसो नेपाल आउपुग्ने बताइएको छ ।

नेपालमा उनको प्रस्तुती भने बेलुका ५ बजे रहनेछ ।
मुनलाइटस रेकर्डसले आयोजना गरेको काठमण्डौको सानो गौचरनमा हुने कन्सर्टमा मिकाले करिब डेढघण्टा गीत गाउनेछन । उनले शुभ होने लागा, डिन्का चिका, लगायत केहि नेपाली गीतहरु पनि गाउने आयोजक ले जनाएको छ । मिकासंगै दुई चर्चित गायिकाहरु पनि नेपाल आउने जनाइएको छ । जसलाई मिकाले सरप्राइजको रुपमा प्रस्तुत गर्ने बुझिएको छ । यसअघि दुबईको एक कन्सर्टमा मिकाले सरप्राइजको रुपमा अहिलेका हट र्यापर हनि सिंहलाई प्रस्तुत गरेका थिए ।550368_483263688364196_1010095091_n

कन्सर्टका लागी आज दिउसो ३ बजे गेट खोलिनेछ ।
कन्सर्टमा नेपालका तर्फबाट रामकृष्ण ढकाल, आस्था राउत संगै आनन्द कार्कीले पनि गीत गाउनेछन ।
मुनलाइट रेकर्डस्का चन्द्रप्रकाश शर्माका अनुसार टिकट बिक्रिमा विद्यार्थी परिचय पत्र देखाइएको खण्डमा ५० प्रतिशत छुटमा टिकट उपलब्ध गराइदैछ । जस अनुसार हाल एक हजार दर तोकिएको टिकट रु। पाँच सयमा उपलब्ध गराइएको छ ।

Namaste Filmy

Read Previous

आदित्यको प्रेममा परिणिति ।

Read Next

ओस्कार हलमा 'भिमदत्त'