क-कसको मनमा मायाको 'धून' ? भिडियो ।

[dropcap]साँ[/dropcap]गितिक प्रेमकथामा आधारित फिल्म ‘धुन’को अफिसियल ट्रेलर रिलिज गरिएको छ । ट्रेलरमा फिल्मको मुख्य कलाकारहरु जीवन लुइँटेल, नीता ढुङगाना, मुकेश ढकाल लगायत फिचरिङ छन । ट्रेलरमा माया प्रेम र रोमान्सका दृश्यहरु झल्किएका छन । dhoon-posterफिल्मलाई कृष्ण पौडेलले निर्देशन गरेका हुन । तारा सितारा प्रोडक्सनको ब्यानरमा बनेको फिल्मको प्रस्तुतकर्ता मलती शाह हुन । त्यस्तै सुशिल शाह, श्रेया दुलाल, बिनोद भट्ट, मधु सुदन ढकाल फिल्मका निर्माताहरु हुन ।
फिल्ममा जीवन, निता र मुकेशका अलवा, उमावेवी, रमेश बुढाथोकी, सुरवीर पण्डित लगायतको अभिनय रहेको छ । फिल्ममा लक्की सिटौलाको सँगित, चन्द्र पन्तको द्धन्द, बिरेन्द्र भट्टको छयांकन रहेको छ ।
फिल्म गत चैत्र ६ गतेबाट रिलिज गरिने भनिएपनि रिलिज हुन सकेको थिएन । अब आउदो बैशाख १८ गतेबाट फिल्म रिलिज हुनेछ ।

Namaste Filmy

Read Previous

२५० मिलियन डलरको सदुपयोग ।

Read Next

तेस्रो 'मिस लिम्बु'को उपाधि बिष्णु चेम्जोङलाई ।