ओस्कार हलमा 'भिमदत्त'

राजेन्द्र कार्की,
फागुण १८,
हेटौंडा सुदुर पश्चिमका किसान नेता शहिद भिमदत्तको जीवनीमा आधारित चलचित्र “भिमदत्त”ले अमेरिकाको ओस्कार एवार्ड वितरणहलमा स्थान पाएको छ । केहि दिन अघि अमेरिका पुग्नु भएका चलचित्रका निर्देशक हिम ग्याप टासीले हलको ७ स्थानमा शहिद भिमदत्त अंकित चित्र सहितको पोष्टर टाँस्ने अवसर पाउनु भएको बताउनु भएको छ ।1969208_448708858592491_1847053447_n

लसएञ्जलस स्थित सो हलमा सहभागी भएका विभिन्न देशका करिब पाँच सय सहभागीहरुलाई चलचित्रको पाम्पलेट बाड्न समेत भ्याउनु भएको छ । नेपाली समय अनुसार आइतवार साझँ ५ बजे सो हलमा “ओस्कार अवार्ड” वितरण कार्यक्रम सम्पन्न हुने भएको छ । चलचित्रको प्रचारप्रसारका लागि पुग्नु भएका निर्देशक टासी सुदुरपश्चिमका किसान नेताको इतिहासको बारेमा बिदेशी कलाकारहरु समक्ष जानकारी गराउन पाउँदा धेरै नै आनन्दको अनुभूति भएको नमस्ते फिल्मीसँग बताउनु भएको छ । भारतिय विस्तारबादसँग जोडिएको चलचित्र नेपाली चलचित्र सेन्सर बोर्डले पीजी सर्टिफिकेट दिन आनाकानी गर्दै अन्ततः केहि शब्द र दृष्यहरुको सेन्सर सहित पास गरिएको थियो ।1619332_448709098592467_1873503643_n

चलचित्रका निर्माता राष्ट्रिय भावनाले ओतप्रोत चलचित्र निर्माण गर्दै आइरहनु भएका नवल खडका हुन भने कलाकारहरुमा निर्माता नवल खड्का लगायत सुमिना घिमिरे, निशा अधिकारी रहेका छन् । हङ्हङ्कमा समेत च्यारिटी सो भइरहेको चलचित्रको नेपालमा प्रर्दशन गरिने तयारी भने हाल सम्म पनि गरिएको छैन ।

Namaste Filmy

Read Previous

नेपालीहरुलाई तयार रहन 'मिका सिहं'को आग्रह । आज साझ ५ बजे स्टेजमा उक्लने ।

Read Next

यस्तो हुन्छ 'पाप' । अफिसियल ट्रेलर रिलिज (भिडियो हेर्नुहोस )