सलमानमाथी अर्को मुद्दा । डकैतीको आरोप ।

salman‘हिट एण्ड रन’ केस बाट मुक्त हुन नपाउदै बलिउड अभिनेता सलमान खानमाथी अर्को मुद्धा दर्ता भएको छ । उनले गतबर्ष फ्लाइटकै क्रममा एक ब्यक्तिमाथी मारपीट गरेको आरोप लागेको छ ।
बताइएअनुसार ४ नोभेम्बर २०१४ का दिन दिल्ली जाँदै गरेको एक फ्लाइटमा सलमान र उसको बडिगार्डले उक्त ब्यक्तिलाई मारपीट गरेका थिए । आफुले सलमानसँग फोटो खिचाउन खोज्दा आफुलाई मारपीट गरेको र आफ्नो समान समेत खोसेर डकैती गरेको आरोप छ ।
त्यसपछि उक्त ब्यक्तिले एयरपोर्ट प्रहरीमा उजुरी दिन खोजेपनि उजुरी लिएको थिएन । तर करिब पाँच महिना अदालतको ढोका ढक्ढक्याएपछि अंधेरी कोर्टले सलमानबिरुद्ध मुद्धा दर्ता गर्न प्रहरीलाई निर्देशन दिएको हो ।
उक्त ब्यक्तिको नाम रविन्द्र द्धिवेदी बताइन्छ । उनी भ्रष्टचार बिरोधी संगठनका सदस्य रहेको बताइन्छ ।

Namaste Filmy

Read Previous

'जेरी'को पाइरेसी । पोखराको मोबाइल पसलहरुमा छ्यापछ्याप्ती ।

Read Next

देशप्रेमले भरिएको 'जन्मभुमी' ट्रेलर रिलिज । भिडियो ।