निता भन्छिन : आउ मसँगै नाच न । भिडियो ।

आउँदो बैसाख १८ बाट प्रदर्शनमा आउने फिल्म ‘धुन’ को नयाँ गीत सार्वजनिक गरिएको छ । आउ मसँगै नाचन गीतमा फिल्मकारका लिड नायिकाद्धय निता ढुङगाना र उमा बेवीले कम्मर भाँचेकी छिन । उनीहरुलाई जीवन लुइटेल, मुकेश ढकाल लगायतले साथ दिएका छन ।dhoon news photosईन्दिरा जोशीको स्वर रहेको गीतमा शब्द तथा संगीत लक्की सिटौलाको छ भने कविराज गहरतराजको कोरियोग्राफी रहेको छ ।
कृष्ण पौडेलको निर्देशन रहेको फिल्म मालती शाहको प्रस्तुतीमा तयार भएको हो ।
सांगितिक प्रेम कथा बोल्ने यो चलचित्रको सांगीतिक पक्ष उत्कृष्ट मानिएको छ । त्यसैले निर्माण युनिट गीत संगीतको कारण पनि दर्शक हलसम्म तान्ने दाउमा छ । चलचित्रमा सुशिल शाह, श्रेया दुलाल, बिनोद भट्ट तथा मधुसुदन ढकालको लगानी छ ।

Namaste Filmy

Read Previous

देशप्रेमले भरिएको 'जन्मभुमी' ट्रेलर रिलिज । भिडियो ।

Read Next

२०७१मा रेखा र अनमोल नम्बर एकमा , कलाकारको कस्तो रह्यो यो साल पढ्नुहोस बिस्तृतमा