"नो स्मोकिड़"को डबिड़ तिब्र गतिमा

संचारकर्मी सुमन दाहालको निर्देशनमा तयार भएको दोस्रो चलचित्र ” नो स्मोकिड़ ” को अहिले तिब्र गतिमा डबिड़ भइरहेको छ ।समाजमा रहेका विकृति विसंगतीहरूलाइ कलात्मक र मनोरंजनात्मक तरिकाले प्रस्तुत गर्दा तेस्को प्रभाव राम्रो हुने र चलचित्रकर्मीहरूको समाज प्रतिको दाइत्व सहज पुरा हुने विस्वासका साथ निर्माण भइरहेको चलचित्र हो नो स्मोकिड़ । रेड स्टूडियो महाराजगंजमा पोष्ट प्रोडक्शनको काममा व्यस्त निर्देशक दाहालका अनुसार डबिड़, कलर, र व्याकराउड म्यूजिकको काम एकैसाथ भैरहेको छ।
mahimaखैरावाड़ मूभि मेकर प्रोडक्शन प्रा लीको व्यानरमा मुरारी पोख्रेलको प्रस्तुति रहेको यस चलचित्रलाई वसन्त काफ्लेले निर्माण गरेका हुन् ।दिव्य सुवेदीको छायाकंन, राजु शाह, कविराज गहतराज, विकास घले गुरूडको नृत्य , हिमाल केसीको द्वन्द , टंक बुढाथोकीको संगीत रहेको चलचित्र ” नो स्मोकिड़ ” मा दिपक लिम्वु, मिलन अमात्य, शिवानी मोक्तान , टंक बुढाथोकी को स्वर रहेको छ । सरोज प्याकुरेल, अमोल सर्मा र शंकर घायल लेखन ,नारायण पान्डेको संम्पादन, रेनेस फागोको कलर संम्योजन रहेको नो स्मोकिड़मा झरना थापा , रमेश बुढाथोकी , सुशिल पोखरेल , महिमा सिलवाल, दिनेश देवकोटा, अमृता पाण्डे ,विध्या कार्की, संजय खतिवडा अभिनय रहेको छ ।
suman dahalनिर्देशक सुमन दाहालका अनुसार नो स्मोकिड़को सम्पूर्ण प्राविधिक काम सकेपछि मात्र प्रदर्शन मिति तय गरिने छ। उनि भन्छन कामनै नसकि प्रदर्शन मिती तय गर्दा काममा हतार हुने र लामो समयको मेहनत कहीले काही तलमाथी पर्ने जान्छ। तेसैले पहिले चलचित्र निर्माण पुरा अनी तयारी त्यसपछि ढुक्क साथ प्रदर्शन गरिने नमस्ते फिल्मी सगको कुराकानीमा बताउनु भयो ।

Namaste Filmy

Read Previous

लोकेसन हेर्न निर्देशक दिपक खाँड दुबईमा,’राजा’को छायांकन अमेरिकामा पनि हुने

Read Next

फ्राइडे रिलिज : ‘नाई नभन्नु ल ३’,'हवल्दार सुन्तली' र 'सेतो बाघ',२०७१ कै ठुलो तथा अन्तिम भिडन्त