यस्तो हुन्छ 'पाप' । अफिसियल ट्रेलर रिलिज (भिडियो हेर्नुहोस )

फल्गुन १८ ।
सत्य घटनामा आधारीत यौन मनोबिज्ञानको कथा भनिएको चलचित्र पाप को अफिसियल ट्रेलर रिलिज गरिएको छ । फिल्मको एक मिनेट ६ सेकेन्डको ट्रेलरमा कुनै पनि डायलग भने समावेश गरिएको छैन ।बिन्देश्वरी सिने आर्टको ब्यानरमा बिकाश शर्मा प्रस्तुतकर्ता रहेको फिल्मलाई नेपालकै कान्छा निर्देशक एन आर घिमिरेले निर्देशन गरेका हुन । फिल्मलाई रामप्रसाद शर्मा, पार्वती शर्मा, चन्द्रमा पराजुली र लक्ष्मण सापकोटा ले संयुक्त रुपमा निर्माण गरेका हुन ।नेपाली चलचित्र क्षेत्रका सिधा सरल एबम अनुशासित नायक रुपमा चिनिने  नायक अयुषा रिजालको मुख्य भूमिका रहेको चलचित्र पाप मा सुष्मा कार्की ,धुर्ब कोइराला ,समिक्षा अर्याल,पुस्कर जंग थापा, राकेश रनपाल आदिको अभिनय रहेको छ ।paap
राकेश रनपालको कथा,पबन गौतमको छायांकन, रोशन श्रेष्ठको  द्धन्द ,सन्तोष र नरेन्द्र राजबंशीको संगीत , कविराज गहतराजको नृत्य रहेको चलचित्र पाप लाई  काठमाण्डौ,पोखरा ,बाग्लुंग, दमौली लगायतको स्थानमा खिचिएको हो ।

Namaste Filmy

Read Previous

ओस्कार हलमा 'भिमदत्त'

Read Next

‘आधी बाटो’को प्रोमो रिलिज (भिडियो हेर्नुहोस )