सानी खोज्दै सविन चितवनमा (फोटो फिचर )

चलचित्र ‘भाग् सानी भाग्’को सानीलाई खोज्दै सविन चितवन आईपुगेका छन् । दमौलीमा सगै बसेकी सानी एक्कासी हराए पछि उनले खोज्दै सविन चितवन आएका हुन् ।
sabin bhag sani bhga1बिषय बस्तु अनुसार तराईमा बस्ने एउटा केटाको मायामा परिकी सानी सग छुटिएका सविन उनलाई खोज्दै चितवन आएका हुन सक्छन ।यो माथिका संवाद केहि हद सम्म चलचित्रमा मिलन गए पनि हामीले यसलाई काल्पनिक गरेर लेखका हौ ।करिब १७ दिनको दमौली आसपास शिसाघाट र मानुङमा छायांकन गरिएको चलचित्रको केहि भाग सुटिंग अहिले चितवनमा धमाधम भै रहेको छ ।
bhag sani 1चितवनमा दुई दिन लगाएर चलचित्रको एक गीतको सुटिंग सकेर नायिका केकि अधिकारी राजधानी फर्की सकिकी छिन् भने नायकको घर तराईमा भएकोले सविन श्रेष्ठ,लय संग्रौला लगायतको सुटिंग भने चितवनमा नै चलि रहेको छ । कमेडी बिषयमा आधारित रहेर निर्माण गरिएको चलचित्र ‘भाग् सानी भाग्’को छायांकन स्थल नमस्ते फिल्मी पुग्दा निर्देशन नवल नेपाल चलचित्रको सुटिंगको तयारीको लागि सबैलाई आ आफ्नो कामको जिम्मा दिदै हुनु हुन्थो भने नायक सविन श्रेष्ठ सुटिंगको तयारीमा जुट्दै हुनु हुन्थो ।
bhag sani bhagसंगीतकार तथा यस चलचित्रका निर्माता चेतन सापकोटा चलचित्रको निर्माता भएकोले होला कुनै काम भन्दा पनि फोनमा नै बढी व्यस्त देखिनु हुन्थो ।स्क्रिप्टमा निकै अब्बल मानिने निर्देशक नवल नेपालको लेखन तथा निर्देशन रहेको यस चलचित्रलाई आफ्नो पहिलाको चलचित्र भन्दा अझै उत्कृस्ट बनाउना नवलले सानो भन्दा सानो कुरालाई विचार पुराएर चलचित्र निर्देशन गरि रहेका छन् ।नमस्ते फिल्मी सगको कुरामा उहाले भन्नु हुन्छ :म पैसाको लागि कहिले फिल्म न बनाउने भन्दा मैले बनाउने चलचित्रमा कथा बस्तु अनुसारको कलाकार राख्न पाउनु पर्छ नत्र कसैलाई हिरो हिरोनी बनाउना चलचित्र न बनाउने भन्दै यस फिल्ममा पनि कथा अनुसारको कलाकार राखेको बताउनु भयो ।
sabi bhga sani bhga2चलचित्रका नायक सविन श्रेष्ठले आफुले अहिले सम्मै गरेका चलचित्र भन्दा यसमा अझै राम्रो र ससक्त भूमिका भएको भन्दै आफुले सक्दो राम्रो काम गरेको बताउनु भयो ।संगीतकार बाट निर्माता बनेका चेतन सापकोटाले राम्रो बिषय बस्तु भएकोले आफुले यस चलचित्रमा लगानी गरेको र चलचित्र उत्कृस्ट बनाउना सुटिंगमा कुनै कम्प्रमाइज नगर्ने समेत बताउनु भयो ।
bhag sani bhga3रंगिन सपना बोकेर आ-आफ्नो गाउँबाट शहर पसेका एक जोडी युवा युवतीको संघर्षको कथालाई चलचित्रले मनोरञ्जनात्मक तबरले प्रस्तुत गर्ने निर्माता चेतन सापकोटाले बताए ।साथीभाई फिल्मस्का लागि बिष्णु चापागाँइको प्रस्तुतीमा बन्न लागेको यो चलचित्रमा सहदेव गौतम र विलोल पोख्रेल निर्माताको रुपमा रहेका छन् ।
bhag saniचलचित्रमा केकी अधिकारी सविन श्रेष्ठ, निर शाह, लय संग्रौला, रमेश वुढाथोकी, गिता अधिकारी, रविन्द्र खड्का, विष्णु सापकोटाको मुख्य भूमिका रहने छन् ।चलचित्रमा दिव्यराज सुवेदीको छायांकन , कविराज गहतराजको नृत्य, हिमाल केसीको एक्सन रहेको छ ।करिब ५० प्रतिशत सुटिंग सकिएको यस चलचित्रको चितवनको सुटिंग लगतै नया बर्ष बाट बाकी सुटिंग काठमाण्डौंमा गरिनेछ ।
sabin bhag sani bhag
bhga sani bgha2
bhag sani bhga1
 
bhag sani suting

Namaste Filmy

Read Previous

चितवनमा दर्शक सगै फिल्म हेरे सविनले ,उनि भन्छन :दर्शकको साथ र राम्रो प्रतिक्रियाले हौसला बढाएको छ ।

Read Next

‘झोला’ नयाँ ट्रेलर सार्वजनिक, बैसाख ११ बाट देशभर आउँदै (भिडियो)