मध्य रातमा नगरकोटमा यो बर्षको उत्कृष्ट १० फिल्मलाई बक्स अफिस ब्लक बस्टर सम्मान

बक्स अफिस फिल्मी क्लब नेपालले सदा वर्षजस्तै यो वर्ष पनि वर्षको अन्तिम दिन पुरानो वर्षलाई बिदा नयाँ वर्षलाई स्वागत गर्दै न्यू इयर इभ भक्तपुरको पर्यटकीय ठाउँ नगरकोटमा सम्पन्न भएको छ ।
box oficeयोवर्षको न्यू इयर इभको मध्य रातमा गत वर्षको चैत २८ गते शुक्रबारदेखि अहिले मसान्त सम्म प्रदर्शन भइरहेका मध्ये उत्कृष्ट १० वटा व्यवसायिक रुपमा सफल भएका चलचित्रका निर्माण कम्पनीलाई बक्स अफिस ब्लक बस्टर फिल्म सम्मान पनि सम्पन्न ग¥यो । यो वर्ष बक्स अफिसले आयोजना गरेको न्यू इयर इभसँग अब दुई महिना पछि सम्पन्न हुने नयाँ सत्रको अवार्डको पनि शुभारम्भ गरेको छ । यो अवसरमा बक्स अफिस ब्लक बस्टर २०७१को सम्मान अन्तर्गत कोहिनूर चलचित्र सुपर डुपर बम्पर ब्लक बस्टरबाट सम्मानित भयो भने नाइ नभन्नु ल–२ यो वर्षकै सुपर डुपर हिट सम्मान पायो भने कबर्दी र जेरीले हिट चलचित्रको सम्मान पाए ।
त्यसैगरी यो वर्ष नै प्रदर्शन भइरहेको नाभेम्बर रेन, लज्जा हिम्मतवाली व्यवसायिक सफल सम्मान प्रदान गरियो त्यसैगरी यो वर्ष नै प्रदर्शनमा आएका तथास्तु, स्टुपिड मन, पुनर्जन्मलाई व्यवसाय सुरक्षित गर्ने चलचित्रको रुपमा बक्स अफिस फिल्मी क्लब नेपालले नयाँ वर्ष उदाउनु केही समय अगाडि मध्य रातमा सम्मान गरेको समाचा छ । नगरकोटमा कार्यक्रम पुरै रातभरी नै सांगीतिक र हर्षोलासका साथ सदा वर्ष झैं सम्पन्न भएको छ बक्स अफिसका अध्यक्ष आर.के सुवेदीले बताए ।

Namaste Filmy

Read Previous

नया बर्षको अबसर परेर ‘जाऊ हिड पोखरा‘को नया पोस्टरहरु सार्वजनिक,रेखा एक्शन अवतारमा

Read Next

पोखरेली यूवा सञ्चारकर्मीहरुद्धारा नेपाली फिल्मी डटकम सञ्चालनमा