प्रशन्नले गरे फिल्मी शैलीमा म्युजिक भिडियोको निर्देशन

म्युजिक भिडियो भनेर झट्ट सुन्दा केहि भाव बोकेको गीत बज्ने, मोडलको अभिनय समेटिने अनि केहि मिनेटमा सकिने यस्तै बुझिन्छ । तर स्थापित म्युजिक भिडियो निर्देशक प्रसन्न पौडेलले यो पटक केहि फरक गरे, भिडियोमा पनि फिल्मी शैलीको संवाद मिसाएर ।
prasanna geetगायक समिर आचार्यको एक गीतको भिडियोमा निर्देशक पौडेलले मोडलहरुलाई फिल्मी शैलीमा डायलग बोल्न लगाएर रोचक बनाएका छन् । जहाँ चार मोडेल बिमलेस अधिकारी, विम्व अधिकारी, शुरभी जैन, श्रीया कार्कीले मोडलिङ गरेका छन् । ‘हैन भन्देउ न’ बोलको गीतमा गायक समिर आचार्यको साथमा निक्की कार्कीले आवाज दिएकी छिन् ।
प्रस्तुत गीतमा शब्द आनन्द अधिकारीको छ भने संगीत शिखर सन्तोषले दिएका छन् । भिडियोमा नेपाल र अष्ट्रेलियामा क्यामेरा कैद गरिएका रोमाञ्चक दृश्यहरु समावेश छन् । गायक आचार्य अष्ट्रेलियामा नै बस्दै आएका छन् । अष्ट्रेलियामा बसेपनि आफूलाई नेपाली गीतसंगीतको माया धेरै लाग्ने भएकाले समय समयमा एल्बम बजारमा ल्याउने गरेको समिरले बताए । भिडियोलाई विदुर पाण्डेले खिचेका हुन् ।

Namaste Filmy

Read Previous

‘भैरव’को फस्ट लुक पोस्टर सार्वजनिक,हल ट्रेलरबाट चर्चा बटुल्दै

Read Next

रविनले आकृतीलाई पैसाको लोभमा अष्ट्रेलियामा एक्लै छोड्दियो हेर्नुहोस ( भिडियो )