समाचारले झुक्किएँ : दुर्घटनामा दिपकराज गिरीको मृत्यु ।

Deepak_raj_giriज्ञानेन्द्र तामाङ । कहिलेकाँहि समाचारहरु यस्तो किसिमका आइदिन्छन जसले म जस्ता रंग पत्रकारहरुलाई हैरान बनाइदिन्छ । यस्तै भयो मंगलबार बिहानै ।
अन्य दिनजस्तै साढे सात बजे नै अफिस पुगेँ र कम्प्युटरमा बसेँ । हाम्रो दैनिक नित्यकर्मजस्तै काम फेसबुक खोल्नु र नोटिफिकेशन तथा म्यासेज चेक गर्नु ।
यहि काममा लागिरहेको थिएँ । अचानक फेसबुक वालमा देखियो : ‘मोटरसाइकल दुर्घटनामा दिपकराज गिरीको मृत्यु ।’ म झसँग भए, देशकै नामुद हास्य अभिनेता दिपकराज गिरीको नाम देख्ने बित्तिकै म हैरान भएँ । हतार हतार सत्य थाहा पाउने ध्येयले देखिएको लिंकमा क्लिक गरेँ ।
बिडम्बना त्यहि बेला प्राविधिक समस्या आइपर्यो । आन्तरिक मेन्टेनेन्स गरिन लागिएकोले अफिसमा दुई घन्टा इन्टरनेट काटिने भयो । मैले खोलेको लिङक आधा खुल्यो । बाँकि अब दुई घन्टा पछि मात्रै खुल्ने भए ।
खुलेको आधा समाचारमा देखिएको थियो : ‘काभ्रेको धुलिखेल बाँसघारीमा सोमबार राति भएको मोटसाइकल दुर्घटनामा एक जनाको मृत्यु ।’ यो बाहेक अरु अफिसको कम्प्युटरमा बसेर पढ्न सम्भव देखिएन ।
त्यसैले मोबाइलबाट फेसबुक खोले । केहि निकटका साथीहरुलाई यसबारेमा जिज्ञासा राखे । कसैले केहि पत्तो नभएको बताए । बरु मलाई नै के भएछ?  कतिखेर?  समाचार मलाई नि देऊ न, भन्न थाले साथीहरु ।
पछि मैले यसो मनमनै बिचार गरेँ । दिपक राज गिरीलाई नचिन्ने को छ ?  देशकै चर्चित कलाकारको निधन भएको भए, कहि न कहि कसै न कसैलाई त थाहा हुनुपर्ने हो । फेसबुकमा छरपस्ट स्टाटस आइसक्नुपर्ने हो । तर त्यस्तो केहि नभएको देखेपछि मलाई समाचारमा नै शंका लाग्यो ।
अन्तत जिल्ला प्रहरी कार्यालय काभ्रेमै टेलिफोन गरेँ र सम्पुर्ण जानकारी लिएँ । सत्य सुनेपछि आफैलाई देखेर हाँस्न मन लाग्यो । कागले कान लग्यो भन्दैमा कान नछामेर कागको पछि दौडिए जस्तै लाग्यो ।
खासमा धुलिखेल सर्भिस डिपार्टमा कार्यरत पाँचखाल १ का ४२ बर्षिय दिपक राज गिरी नामको ब्यक्ति मोटरसाइकल दुर्घटनामा परेका रहेछन । उनको उपचारका क्रममा बिहान २ः३० बजे निधन भएको रहेछ ।

उक्त समाचार पढ्न यहाँ क्लिक गर्नुहोस ।

Namaste Filmy

Read Previous

'अधकट्टि' अडियो बिमोचनमा ९ नायिका ।

Read Next

'यो पागल मन' शुभ मुहुर्त । सुटिङ बैशाख १५ बाट ।