'यो पागल मन' शुभ मुहुर्त । सुटिङ बैशाख १५ बाट ।

[dropcap][/dropcap]माधम फिल्म निर्माणमा उत्रिएको स्थापित ब्यानर गोपिकृष्ण मुभिजले नयाँ फिल्म घोषणा गरेको छ । मंगलबार राजधानीमा एक कार्यक्रमका बीच फिल्म ‘यो पागल मन’ घोषणासँगै शुभमुहुर्त गरिएको हो । Yo-pagal-manकार्यक्रममा निर्माता संघका अध्यक्ष राजकुमार राई, गोपिकृष्ण मुभिजका अध्यक्ष उद्धव पौडेल, द्धन्द कलाकार संघका अध्यक्ष योगेन्द्र श्रेष्ठ, चलचित्र प्राविधिक संघका अध्यक्ष मनोक केसी लगायतको उपस्थिति थियो ।
मुहुर्त समारोहमा पौडेलले क्ल्याप ठोकेका थिए भने केसीले क्यामरा र श्रेष्ठले नरिवल फुटाएका थिए । त्यस्तै बर्षा सिवाकोटी, सगुन शाही, गिता अधिकारी, दिपक अधिकारी लगायत कलाकारले मुहुर्त सट दिएका थिए ।
गोपिकृष्णले राजदेवी प्रोडक्सनसँगको सहकार्यमा यो पागल मन निर्माण गर्न लागेको हो । फिल्मलाई कल्याण अधिकारीले निर्देशन गर्नेछन । फिल्ममा शम्भु सापकोटाको छयांकन, अर्जुन पोखरेलको सँगीत, दयाराम पाण्डेको गीत रहनेछ । फिल्म आउदो १५ गतेबाट फ्लोरमा जानेछ ।

Namaste Filmy

Read Previous

समाचारले झुक्किएँ : दुर्घटनामा दिपकराज गिरीको मृत्यु ।

Read Next

संगीतकार टंक बुढाथोकीको ‘स्टुडियो नाइन’को उद्घाटन