संगीतकार टंक बुढाथोकीको ‘स्टुडियो नाइन’को उद्घाटन

पछिल्लो समयका चर्चित तथा व्यस्त संगीतकार टंक बुढाथोकीले आफ्नै स्टुडियो सञ्चालनमा ल्याएका छन् ।‘स्टुडियो नाइन’ नाम राखिएको स्टुडियोको बैशाख ८ गते मंगलबार  गायक आनन्द कार्कीको हात बाट रिबन काटेर उद्घाटन गरेका थिए ।
udghatanराजधानीको पुतलीसडक स्थित एक भवनको चौथो तल्लामा संगीतकार बुढाथोकीले ‘स्टुडियो नाइन’ रहेको छ ।गीत संगीतमा लागेको ९ वर्ष पुरा भएकोले टंकले स्टुडियोको नाम पनि ‘स्टुडियो नाइन’ राखेका हुन् ।
tanka suकरिब १० लाखको लगानीमा निर्माण गरिएको ‘स्टुडियो नाइन’ मा रेकर्डिङ, ब्याग्रान्ड र डविङको कार्य गर्न सकिन्छ । आफ्नो कमाई र पारिवारीक सहयोगले संगीत क्षेत्रमा आवद्ध भएको छोटो अवधीमै यी संगीतकारले आफ्नै स्टुडियो सञ्चालनमा ल्याउन सफल भएका हुन् ।
tanka studioशुभ दिनमा स्टुडियो सञ्चालनमा ल्याएका संगीतकार टंक बुढाथोकीलाई बधाई एवं शुभकामना दिन आर्यन सिग्देल ,सोभित बस्नेत ,संचिता लुइँटेल ,रमेश बुढाथोकी ,सुमन दाहाल , बसन्त निरौला ,सोहित मानन्धर ,मनिषा पोखरेल ,उत्तम के,सी, लगायत थुप्रै चलचित्रकर्मी र पत्रकार‘स्टुडियो नाइन’ पुगेका थिए ।‘स्टुडियो नाइन’ उद्घाटन सगै चलचित्र होलिडे को गीत पनि रेकड़िंग गरिएको थियो ।बसन्त निरौलाले निर्देशन गर्न लागेको होलिडेको गीतमा संगीत टंक बुढाथोकीको रहेको छ भने स्वर टंक र मनिषा पोखरेलले दिएका थिए ।
tanka
tanka studio1
manisha

Namaste Filmy

Read Previous

'यो पागल मन' शुभ मुहुर्त । सुटिङ बैशाख १५ बाट ।

Read Next

सुटिङको क्रममा घाइते भइन कैटरिना ।