'होलिडे' घोषणासँगै गीत रेकर्ड ।

Holiday_Film‘होलिडे’ नाममा नेपाली फिल्म बन्ने भएको छ । फिल्मको मंगलबार राजधानीमा औपचारिक घोषणा गरिएको हो । फिल्मलाई निर्देशक बसन्त निरौलाले निर्देशन गर्नेछन ।
मंगलबार निरौलाकै जन्मदिनको अवसर पारेर फिल्म निर्माणको घोषणा गरिएको हो । सँगीतकार टंक बुढाथोकिको स्टुडियो नाइन शुभारम्भ सँगै गरिएको घोषणामा आर्यन सिग्देल, रमेश बुढाथोकी, उत्तम केसी, पवित्रा आचार्य लगायत फिल्मकर्मीहरु उपस्थित थिए ।
घोषणा सँगै टंकको नयाँ स्टुडियोमा फिल्मको गीतसमेत रेकर्ड गरियो । गीतमा टंकले सँगीत तथा टंक र मनिषा पोखरेलले स्वर दिएका थिए ।
कलाकार फाइनल नभइसकेको होलिडेको सम्पुर्ण छयांकन युरोपमा गरिने बताइएको छ । फिल्म पुर्णतय लभस्टोरी र थ्रिलर जनरामा बन्नेछ ।

Namaste Filmy

Read Previous

सुटिङको क्रममा घाइते भइन कैटरिना ।

Read Next

देश बनाउने युवा छान्दै पब्लिसिटीमा 'चंखे शंखे पंखे' ।