नयां पुस्ताको पर्फेक्ट हिरो हुन गजित । तोरी लाहुरे चल्नेमा ढुक्क ।

फागुन १९ , सोमबार
पछिल्लो समय नेपाली चलचित्र उद्योगमा नयां पुस्ताको मोह र प्रवेश हुने क्रम बढदो छ । तर यो उद्योगमा प्रवेश गर्नुभन्दा यसलाई निरन्तरता दिन कठिन छ । यहि कुरालाई अत्यन्त राम्रोसंग बुझेका नेपालका पर्फेक्ट नायकहरुमध्ये एक हुन गजित बिष्ट ।
1964756_672323766144700_784880747_n
उनी ग्लामर दुनियामा प्रवेश गरेको धेरै बर्ष बितिसक्यो तर फिल्मका लागी भने खासै पुरानो अनुहार होइन । करिब एक दशकअघि नृत्यलाई अंगाल्दै राजधानीको रंगीन ग्लामरमा प्रवेश गरेका उनी यतिबेला नेपालकै पर्फेक्ट हिरोको रुपमा चिनिन्छ । फिल्ममा काम गर्नको लागी डरलाग्दो अनुहार र ठुलो अवाजमा गर्जिएर मात्र हुदैन भन्ने तथ्यको उदाहरण बनेको छ गजित बिष्ट । मायालु बोली, सुन्दर अनुहार अनि मेहनति गजित नयां पुस्ताका सम्भावना बोकेका हिरो हुन । उनी फिल्मलाई चहिने हरेक कुरामा अब्बल छन । नृत्य, अभिनय, फाइटका विभिन्न औपचरिक क्लाससमेत लिएका गजित फिल्ममा किन ढिला आए त उनी भन्छन म धेरै अध्ययन गरेर फिल्ममा आएको हु ताकि एउटा दुइटा फिल्म खेलेर बिस्थापित हुन नपरोस । उनले एक बर्ष अघि दिनेश डि सी को निर्देशनमा फिल्म मायाजबारबाट डेब्यु गरेका हुन ।
1795509_668815909828819_1641787828_n
त्यसो त उनले डि सी कै निर्देशनमा सञ्चालित रियालिटि शो खोजी प्रतिभाको मा फस्ट रनरअपको उपाधि समेत उचालेका थिए । यो उपाधिले नै आफनो करियरको ढोका उघारेको भन्दै गजित ले दिनेश डि सी प्रति आफु सधै अभारी रहने बताए । मायाजबार पछि उनले पछाडि फर्केर हेर्नु परेन र उनको अगामी शुक्रबारबाट नयां फिल्म तोरी लाहुरे प्रदर्शनमा आउदैछ । विभिन्न म्युजिक भिडियो तथा बिदेशका कार्यक्रमहरुमा समेत ब्यस्त गजितले बिभिन्न अवार्डहरुसमेत हात पारिसकेका छन । आफु अझै सिकाईकै क्रममा रहेको बताउने गजित हेर्दा जनि नरम देखिन्छन उनको मन पनि उतिकै नरम छ । केहि साताअघि अनाथ बालबालिकाहरुलाई नगद सहयोग गरेर उनले यो कुरा देखाइसकेका छन ।
1888594_664564186920658_709880804_n

उनी फिल्म तोरी लाहुरेबाट पाउने प्रतिक्रियाको पतिक्षामा छन । तोरी लाहुरे अगामी शुक्रबारबाट अलनेपाल रिलिज हुदैछ । एन बी महर्जनले निर्देशन गरेको यस फिल्ममा गजितको अलवा सुवास थापा, रोहित रुम्बा, अशिस्मा नकर्मी लगायतको अभिनय रहेको छ । गजित मात्र नभई फिल्म राम्रो चल्नेमा निर्माण युनिट समेत आशावादी छन । मनोसञ्जनसंगै सन्देशमुलक फिल्मको राम्रो ब्यापारले गजितको करियरमा समेत नयां मोड ल्याउनेमा गजित ढुक्क छन । फिल्मले राम्रो ब्यापार गरोस हाम्रो तर्फबाट शुभकामना ।

Namaste Filmy

Read Previous

दलालहरु तिन लाख तिर्दै भोजपुरी चलचित्र नेपाल भित्राउादै नेपाली चलचित्र भने झन् धराशाही बन्दै

Read Next

सिने क्वीन नायिका झरना थापा चलचित्र निर्माणको तयारीमा ।