श्याम अमेरिका लागे पछि छविको ‘किस्मत २’ऋषि लामिछानेले निर्देशन गर्ने

निर्देशक श्याम भट्टराई अमेरिका लागे पछि छविराज प्रोडक्सनले निर्माण गर्न लागेको चलचित्र ‘किस्मत २’लाई अब ऋषि लामिछानेले निर्देशक गर्ने भएका छन् । केहि दिन अघि श्याम भट्टराई अमेरिका लागे पछि विहिबार निर्माण कम्पनी र लामिछाने बीच यस्तो सम्झौता भएको हो ।
kisamt 2 directionजेठको दोस्रो सातादेखि सुटिंगसुरु हुने ‘किस्मत २’को नायिका सिल्पा पोखराले बाहेक अन्य कलाकारको फाइनल भैसकेको छैन । चलचित्रमा अर्जुन पोख्रेलको संगीत रहने छ ।६ वर्षअघि निर्माण गरिएको चलचित्र किस्मतको सिक्वेल रुपमा ‘किस्मत २’ निर्माण गर्न लागिएको हो । ‘किस्मत’मा रेखा थापा मुख्य कलाकारमा थिइन् भने, सिक्वेलमा शिल्पा पोखरेल रहने छिन् । छबि ओझाले निर्माण गरेको हाल प्रदर्शन भईरहेको चलचित्र ‘हवल्दार सुन्तली’लाई ऋषि लामिछाने निर्देशन गरेका हुन् ।

Namaste Filmy

Read Previous

गौरवले गाउने भए नेपाली गीत ।

Read Next

सुटिङ गर्दागर्दै बिरामी परे सलमान खान ।