'छेस्को'को अडियो बिमोचन

राजेन्द्र कार्की
नेपाली चलचित्र छेस्कोको अडियो विमोचन कार्यक्रम सम्पन्न गरिएको छ । मण्डला नाट्य शाला अनामनगरमा भएको बिमोचन कार्यक्रमको सभाअध्यक्ष चलचित्रकी निर्मात्री दुर्गा विष्टले गर्नु भएको थियो ।
cheskoकार्यक्रममा वरिष्ठ चलचित्रकर्मी दिपक क्षेत्री, कलाकार तथा वितरक करन श्रेष्ठ क्रेजी, नायक राजन कार्की, रविन वैद्य, मोडल तथा नायिका सृजना सुब्बा लगायतकाको उपस्थित रहेको थियो । निर्मात्री विष्ट अतिथिहरु दिपक क्षेत्री, करन क्रेजी, सृजना सुब्बा, नायक राजन कार्की र रविन वैद्यले संयुक्त रुपमा अडियो बिमोचन गरेका थिए । तिन वटा गीत समेटिएको चलचित्रका संगीतकार राम कार्की हुन् । सुरेन्द्र महर्जन, मुनाल शिशिर कोइराला र सुरेश थापाको शब्द रहेको गीतमा शिव परियार, कल्पना श्रेष्ठ र कोमल राज भण्डारीको सुमधुर स्वर रहेको छ ।
chesko1वितरक तथा कलाकार करन क्रेजीले चलचित्रका कलाकारहरु तथा विषयवस्तुको बारेमा प्रकाश पार्नु भएको थियो । समाजमा विद्यमान लागु पर्दाथ दुब्र्यसनीकोे समस्या, देशको विभिन्न भागहरुमा बढ्दो महिला हिंसा तथा बलात्कारका घटनाका विषयवस्तुहरु समेटिएर निर्माण गरिएको यस चलचित्र पुर्ण रुपमा नेपाली समाजिक परिवेशमा आधारित मनोरन्जनात्मक रहेको बताउँदै दर्शकहरुको साथ र सहयोगको आशा रहेको निमात्री विष्टले बताउनु भएको छ । सुरेश थापाको कथा तथा निर्देशनमा निर्माण भएको यस चलचित्रका कलाकारहरुमा पुजना प्रधान, पवित्रा आर्चाय, करन क्रेजी, राजन कार्की, रविन वैद्य, सृष्टि सेन्चुरी लगायतका रहेका छन । चलचित्र छेस्कोको श्रावण १५ गते देश भर प्रर्दशनको तयारी भइरहेको वितरक करन क्रेजीले बताउनु भएको छ ।

Namaste Filmy

Read Previous

सबैले हेर्न पाउने ‘धुन’

Read Next

सामाजिक काममा अघि बढ्दै ‘होस्टेल रिटर्न्स’,रगतको अभावब कम गर्न रक्तदानमा हात हाल्दै