सिने क्वीन नायिका झरना थापा चलचित्र निर्माणको तयारीमा ।

राजेन्द्र कार्की,हेटौडा ।
फागुण, १९
लामो समयसम्म आफ्ना दर्शक तथा शुभचिन्तकहरु माझ ओझलमा रहँदै आइरहनु भएकी चर्चित तथा “सिने क्वीन ” नायिका झरना थापा भने चलचित्र निर्माणको तयारीमा जुटीरहनु भएको छ । उहाँद्धारा अभिनित तथा आफ्नै लगानीमा निर्माण भएको चलचित्र“फेस बुक”ले राम्रो ब्यापार गर्न नसके पछि चलचित्र क्षेत्रबाट नै पलायन हुनु भएको हल्ला चलिरहँदा उहाँ भने आफ्नो लगानीमा निर्माण गर्न लागेको दोस्रो चलचित्रको निर्माण प्रक्रियामा लागेको बताउनु भएको छ ।10002611_449093875220656_2129545648_n

चलचित्र क्षेत्रबाट निराशा भई पलायन हुनु भएको हो भन्ने जिज्ञासामा “होइन, म पलायन भएको र निराश भएको त्यस्तो केहि पनि होइन, चलचित्र फेस बुक अघि मद्धारा अभिनित आधा दर्जन जति चलचित्रहरु प्रर्दशन कै क्रममा रहेका छन्, त्यस पछिका पनि झण्डै त्यतिकै हाराहारीका चलचित्रहरु प्रर्दशनको प्रक्रियामा रहेका छन् । म त आफ्नै ब्यानर र लगानीमा चलचित्र निर्माणमा जुटिरहेको छु ।” आफुद्धारा निर्मित चलचित्र“फेस बुक”ले अपेक्षित आम्दानी नगरे पनि चलचित्र प्रर्दशन कै क्रममा यो बिच समयमा कोरिया, अष्ट्रेलिया, स्ट्जिरल्याण्ड लगायतका धेरै राष्ट्रहरु घुम्ने अवसर प्राप्त गरेको र त्यसबाट धेरै आनन्द महसुस गरेको पनि बताउनु भएको छ । चलचित्र फेसबुक बाट धेरै कुराहरु प्राप्त गर्न सकेता पनि अपेक्षित आर्थिक लाभ भने प्राप्त गर्न नसकेको स्विर्कानु भएको छ ।1964267_449094098553967_1378806655_n

निमार्ण प्रक्रियामा रहेको पछिल्लो चलचित्रको नाम जुराइ नसकेको बताउने सिने कुइन नायिका झरना थापाको चलचित्र “प्रेमिका” भने देशका विभिन्न चलचित्र गृहहरुमा भब्य प्रर्दशन भइरहेको छ । यस चलचित्रमा सिने कुइन झरना थापा सँग नायक सुमन सिंह रहेका छन भने निर्देशक रामजी लामीछाने रहेका छन् । पुर्णरुपमा प्रेमकथामा आधारित यस चलचित्रलाई दर्शकहरुले अत्यधिक रुचाउने आशा गरिएको पनि “सिने कुइन” थापाले बताउनु भएको छ ।

Namaste Filmy

Read Previous

नयां पुस्ताको पर्फेक्ट हिरो हुन गजित । तोरी लाहुरे चल्नेमा ढुक्क ।

Read Next

दुर्घटनाको कथा चलचित्र 'एक्सिडेन्ट' को पोस्टर रिलिज । (प्रोमो सहित) ।