बिनाशकारी भुकम्पबाट बलिउड पनि स्तब्ध ।

dharahara [dropcap][/dropcap]ज मध्यान्ह गएको बिनाशकारी महाभुकम्पलाई बलिउडले पनि चासोका लिएको छ । चर्चित बलिउड स्टारहरुले विभिन्न माध्यमबाट भुकम्पले नेपालमा पुर्याएको अकल्पनीय क्षतिप्रति दुख ब्यक्त गरेका छन ।
अधिकांश स्टारहरुले घटनाले आफु अत्यन्त स्तब्ध भएको उल्लेख गर्दै रक्षा गर्न भगवानसँग कामना गरेका छन । महानायक अमिताभ बच्चन, बादशाह शाहरुख खान, अभिनेत्री मनिषा कोइराला, अभिनेता आमिर खान, अक्षय कुमार, अभिषेक बच्चन, बीर दास, आयुष्मान खुराना लगायतले ट्वीटर तथा फेसबुकमा  यस्तो अभिब्यक्ति दिएका हुन ।
गोरखाको वारपाक केन्द्र बिन्दु बनाएर मध्यान्ह १२ बजे गएको ७.९ रेक्टर स्केलको भुकम्पले नेपालमा कयौ धनजनको क्षति पुयाएको छ । हालसम्म एक हजार भन्दा बढि मानिसहरुको मृत्य भइसकेका छन भने ऐतिहासिक चिनारी नौतले धरहरा सहित बसन्तपुर दरवार, गोरखा दरबार लगायत स्थान ध्वस्त भएका छन ।

Namaste Filmy

Read Previous

रेशम फिलिली: गीत जस्तो छैन,पहिल्यै ‘हिट’ गीतका कारण चर्चा कमाएको ‘रेशम फिलिली’ ले दर्शकको अपेक्षा पूरा गर्दैन ।

Read Next

नेपालमा रहेका बलिउड निर्देशक भुकम्पमा बेपत्ता ?