नायक सबिन श्रेष्ठलाई पितृशोक ।

sabin shresthaअहिलेका चल्तीका नायक सबिन श्रेष्ठलाई पितृशोक परेको छ । उनको ६७ बर्षीय पिता लक्ष्मण श्रेष्ठको सोमबार अपरान्ह ४ बजे निधन भएको हो ।
प्रेसरको कारण ब्रेनमा रगत जमेपछि काठमण्डौको बाँसबारीस्थित न्युरो अस्पातालमा उनको अप्रेशन गरिएको थियो । अप्रेशन पछि उनको निधन भएको निर्देशक नवल नेपालले बताए ।
उनको सोमबार नै आर्यघाटमा दाहसंस्कार गरिसकेको छ । सबिन हाल भाग सानी भाग र लुटेरामा काम गरिरहेका छन । अन्दाज डेब्यु सबिनले करिब दुई दर्जन नेपाली चलचित्रमा अभिनय गरिसकेका छन ।
उनको नालापानी, लक्ष्य लगायत एक दर्जन चलचित्र छयांकनको क्रममा रहेका छन ।

Namaste Filmy

Read Previous

भुकम्पमा ८ बलिउडकर्मीको मृत्यु । बल्ल तल्ल बाँचिन् यी हिरोइन ।

Read Next

भुकम्पको कारण फिल्म रिलिजमा अस्तब्यस्तता ।