भुकम्पपिडित नेपालीलाई अक्षयकुमारको यस्तो सहयोग ।

Akshay-Kumarशनिबारको भुकम्पबाट घरवार बिहिन हुन पुगेका नेपालीहरुका लागी बलिउड स्टार अक्षयकुमारले सहयोग गर्ने भएका छन । उनले आफ्नो रिलिजको तयारीमा रहेको फिल्म ‘गब्बर इज ब्याक’को पहिलो  दिनको सबै कमाई भुकम्प पिडितलाई दिने घोषणा गरेका हुन ।
गतबर्षको सुरुवातमा नेपाल आएका अक्षयकुमारले नेपाल अत्यन्त सुन्दर रहेको र नेपालीहरुको मायाले आफु खुशी भएको बताएका थिए । आफु आउदा सुन्दर रहेको काठमण्डौ भुकम्पले क्षतबिक्षत भएपछि उनले दुख ब्यक्त गरेका छन ।
भुकम्प गएको दिन उनले नेपालमा शान्ति सुरक्षाको लागी भगवानसँग प्रर्थना गर्दै ट्वीटसमेत गरेका थिए ।
उनको फिल्म ‘गब्बर इज ब्याक’ भने आउदो शुक्रबारबाट रिलिज हुदैछ । फिल्ममा अक्षयसँगै करिना कपुर लगायतको अभिनय छ । फिल्मलाई यसअघिको गब्बरको सिक्वेल भनिएको छ।

Namaste Filmy

Read Previous

भुकम्पको कारण फिल्म रिलिजमा अस्तब्यस्तता ।

Read Next

अक्षयकुमारले लेखे : सहयोगको समाचार गलत, म निर्माता हैन ।