दुर्घटनाको कथा चलचित्र 'एक्सिडेन्ट' को पोस्टर रिलिज । (प्रोमो सहित) ।

फाल्गुन १९ ।
सडक दुर्घटनाका अलवा मानिसको जिवनमा सानो कमजोरी र गल्तीले सृजना हुने समस्यालाई चित्रण गरिएका चलचित्र ‘एक्सिडेन्ट’ को पोष्टर पहिलो पटक सार्वजनीक गरिएको छ । साहिल फिल्मस प्रा ली को ब्यानरमा निर्माण भएको चलचित्रलाई सन्देश वराइलीले निर्माण गरेका हुन ।1920491_675745055801083_849093990_n

पहिलो चलचित्र ‘मेरो राजेश दाई’ निर्माण गरेर दर्शकमाझ आफ्नो परिचय वनाएका निर्माता वराइली दोस्रो चलचित्र ‘एक्सिडेन्ट’ ले आफ्नो परिचयलाई चलचित्र उद्योगमा फराकिलो वनाउन मद्दत गर्नेमा आफु आशावादी रहेको वताउछन ।

  चलचित्रलाई कृष्ण अनमोलले निर्देशन गरेका छन । चलचित्रमा मुकेश ढकाल, अभय चन्द, खुश्वु पौडेल, किरन थापा, सानु सोयाल, नेत्रराज श्रेष्ठ लगायतको मुख्य भुमिका रहेको छ भने बसन्त सापकोटाको संगीत, रोशन श्रेष्ठको द्धन्द, गणेश श्रेष्ठको छयांकन तथा बनिश शाहको सम्पादन रहेको छ ।चलचिलाई आगामी वैशाख अन्तिम सातावाट एकैसाथ नेपालभर प्रर्दशन गरिने निर्माण पक्षले वताएको छ ।

Namaste Filmy

Read Previous

सिने क्वीन नायिका झरना थापा चलचित्र निर्माणको तयारीमा ।

Read Next

'टुवेल इयर्स अ स्लेभ' ले उचाल्यो यस बर्षको ओस्कार अवार्ड । (पुर्ण विवरणसहित)