अक्षयकुमारले लेखे : सहयोगको समाचार गलत, म निर्माता हैन ।

Akshay_Kumarमंगलबार बलिउड स्टार अक्षयकुमारले भुकम्पपिडित नेपालीलाई सहयोग गर्ने समाचार सर्वत्र फैलियो । विभिन्न भारतीय मिडियाले समेत यो समाचारलाई प्रकाशन गरे । सर्वत्र चर्चित र भारतीय मिडियामा समेत समाचार आएपछि हामीले समेत समाचार प्रकाशन गर्यौ ।
तर यसरी सहयोगको समाचार जताततै फैलिएपछि अक्षयकुमार स्वयमले ट्वीट गर्दै समाचारको खण्डन गरेका छन । उनले फिल्म गब्बर इज ब्याकको फस्ट डे कलेक्सन भुकम्पपिडित नेपालीलाई दिने भन्ने समाचारलाई अफवाह भनेका छन ।
उनले लेखेका छन : म फिल्मको निर्माता हैन । मैले आफ्नो तर्फबाट सहयोग गर्नको लागी फिल्मको रिलिज कुर्नुपर्दैन ।

Heard a rumour that I am donating #GabbarIsBack’s 1st day collections to the #NepalEarthquake victims. Firstly I am not…
Posted by Akshay Kumar on Tuesday, April 28, 2015

अक्षयकुमारले आउदो शुक्रबारबाट रिलिज हुने फिल्म गब्बर इज ब्याकको पहिलो दिनको सबै कलेक्सन भुकम्पपिडितलाई दिने घोषणा गरेको समाचार आएको थियो । जसकारण अक्षयकुमारको नेपालीले चौतर्फि तारिफ गरेका थिए ।

Namaste Filmy

Read Previous

भुकम्पपिडित नेपालीलाई अक्षयकुमारको यस्तो सहयोग ।

Read Next

भुकम्पको कारण रोकियो फिल्मको छायांकन ।