भुकम्पको कारण रोकियो फिल्मको छायांकन ।

देशमा गएको महाभुकम्पका कारण छायांकनरत विभिन्न फिल्मको छायांकन रोकिएको छ । ड्रिम्स, दोख, ब्रासलेट लगायतको छयांकन रोकिएको हो ।
भुवन केसीको ड्रिम्स अपर मुस्ताङमा छायांकनरत थियो । त्यस्तै निर्मल शर्मा ब्रासलेट कास्कीको विभिन्न स्थानमा र अनुप बरालको दोख भोजपुरमा छायांकन भइरहेको थियो । अब देशको माहौल सामन्य अवस्थामा नआएसम्म फिल्म छायांकन नगरिने फिल्मका निर्माताहरुले बताएका छन ।
brasletत्यस्तै छायांकनको तयारीमा रहेको फिल्महरु क्लासिक, यो पागल मन, लक्ष्य लगायतको पनि छयांकन अनिश्चित बनेको छ । देश शोकमा डुबेकाले फिल्म छयांकनमा जान गाह्रो भइरहेको सम्बन्धित फिल्मकर्मीहरुको भनाई छ ।

Namaste Filmy

Read Previous

अक्षयकुमारले लेखे : सहयोगको समाचार गलत, म निर्माता हैन ।

Read Next

अमेरिकाको कार्यक्रम छाडेर फर्कदै कलाकार ।