म पनि भुकम्पपिडितलाई सहयोग गर्न चाहन्छु-स्वेता खड्का

आफ्नो चलचित्र ‘कोहिनूर’को अमेरिकामा प्रदर्शनमा तथा उपचारको लागी अमेरिकामा रहेकी नायिका स्वेता खड्काले सामाजिक संजाल फेसबुक मार्फत भुकम्पपिडितलाई सहयोगलाई सहयोग गर्ने बताएकी छिन् ।उनले आफ्नो फेसबुक मार्फत आफु बल्ल बल्ल दुख बाट आफुलाइ सम्हालन लागेको बेला देशमा यति ठुलो आपत आएको भन्दै बिप्पत्तिले आफ्नो टालिएको मन च्यात्तिएको बताउनु भएको छ ।उनले अमेरीकाको बिभिन्न शहरहरुमा प्रदर्शन हुन गैरहेको कोहिनूर चलचित्र बाट संकलित सबै रकम भूकंप पीड़ित हरुलाई सहयोग गर्न बताउनु भयो ।
shweta bhukampa
यस्तो लेखेकी छिन् स्वेताले भुकम्पपिडितलाई सहयोग गर्न :
म पनि तपाईहरुलाई सहयोग गर्न चाहन्छु।
अहिले म उपचारको लागी अमेरिकमाछु।तेहि सिलसिलामा मेरो जिबनको चिनो कोहिनूर प्रदर्सन मा पनि थिए ,बल्ल बल्ल दुख बाट आफुलाइ सम्हालन सकेको थिए आज एक्कासि सबै नेपालीमा आएको बिप्पत्तिले मेरो टालिएको मन च्यात्तिएकोछ ।म सार्है मर्माहतछु।चाहेर पनी आफ्नो देश आउन सक्दिन ,डाक्टर को सल्लाह अनुसार केहि समय अझै बस्नु पर्ने भएको छ तर म मेरो प्यारो देश र देश मा बिपत्ति भोगने प्रिय तपाई हरुकोलागि निरंतर प्रार्थना गारी राखेकीछु।
तेसैले यो फेसबुक मार्फत तपाईहरुलाई यो जानकारी गराउन चाहन्छु अमेरीकाको बिभिन्न शहरहरुमा प्रदर्शन हुन गैरहेको कोहिनूर चलचित्र बाट संकलित सबै रकम भूकंप पीड़ित हरुलाई सहयोग गर्न चाहन्छु।र सबै जनालाइ यो पनी अनुरोध गर्न चाहन्छु मेरो परिवार तेरो परिवार नभनि सबै हाम्रो रगत हुन हाम्रो आमा एउटै हो र धर्तीमाता सम्झेर आफ्नो आफ्नो ठाउँबाट सहयोग गर्नु हुन पनी अनुरोध गर्दछु।
मलाई तपाईहरुले सम्झाउनुहुन्थ्यो नानी जे भयो भयो सबै बिर्सेर आगाडि बढ़।आज म तपाईहरुलाई तेहि भन्न चाहन्छु ।मैले तपाइँहरुको पीडालाई महशुस गरेको छु।कृपया हात जोड़छु कतिपनि नआतिनुहोस् सबै ठीक हुन्छ।म नेपाल फर्कने बितिकै हजुर हरु संग दुख साटन अनि सेवा गर्न गाउ गाउ आउछु।सबैलाई सहयोग जुटाउन म हिर्दय देखिनै आहवान गर्दछु।मलाई हिम्मत दिने संपूर्ण प्रति अभार छु ।हे भगवान मेरो देश र मेरो देश बासी संपूर्णको रक्छ्या गर्नुहोस्।
हजुरहरुले माया गर्ने तपाईहरुकी श्वेता ।

Namaste Filmy

Read Previous

भुकम्पपिडितको आँशु पुछ्दै नायिका रेखा थापा ।

Read Next

नेपालीको पीडाले हलिउडलाई पनि दुख्यो ।