नेपालीको पीडाले हलिउडलाई पनि दुख्यो ।

Joanna-Lumleyy__Prabal_Gurung [dropcap][/dropcap]त शनिबार देशमा गएको महाभुकम्पको पीडा हलिउडसम्म पुगेको छ । कयौं हलिउड स्टारले भुकम्पपिडित नेपालीको सहयोग र राहतको लागी पहल गरिरहेका छन ।
हलिउड अभिनेत्री जोआना लुम्लेको नाम अग्रपंक्तिमा आउछ । उनले नेपालीको लागी एकै दिन ३ अर्ब रकम संकलन गरेकी छिन । लुम्लेले बेलायतको विभिन्न टेलिभिजनमार्फत नेपाल अर्थक्वेक अपिल बाट सो रकम संकलन भएको हो ।
नेपाली मूलका हलिउड फेशन डिजाइनर प्रबल गुरुङ पनि राहत संकलनमा जुटेका छन । उनले पनि भुकम्पपिडितका लागी ठुलो सहयोग संकलन गरिसकेका छन । उनले अन्य विभिन्न निकायलाई पनि सहयोगको पहल गरिरहेका छन ।
त्यस्तै हलिउड स्टार सेलेना गोमजले पनि भुकम्पपिडित नेपाली बालबालिकाको सहयोगको लागी अपिल गरेकी छिन । राष्टसंघीय नियोग युनिसेफ मार्फत उनले सहयोगको पहल गरेकी हुन ।
यसबाहेक हलिउडका थुप्रै स्टारहरुले नेपालीको सहयोगका लागी पहल थालेका छन । उनीहरुले विभिन्न संघसंस्थामार्फत नेपालीलाई सहयोग गर्नेछन ।

Namaste Filmy

Read Previous

म पनि भुकम्पपिडितलाई सहयोग गर्न चाहन्छु-स्वेता खड्का

Read Next

भुकम्पपछि 'बट्टारे कान्छा' सम्पर्कबिहिन ?