भुकम्पपिडित नेपालीलाई एक हुन गायक तथा संगीतकार टंकको सांगितिक अपिल (भिडियो)

महाभुकम्प गए पछि अहिले देशै भरि चलचित्रकर्मीले भुकम्पपिडितको लागी सहयोग संकलन गरिरहेको छन् ।सबै चलचित्रकर्मीले आ आफ्नो ठाउँ बाट सहयोग गरि रहेको छन् ।अहिलेका चर्चित संगीतकार तथा गायक टंक बुढाथोकीले भुकम्प पिडितको सहयोगमा जुट्न सबैमा सांगितिक अपिल गरेका छन् ।
tankaमहाभुकम्प गए पछिको देशको परिस्थितलाई मध्यनजर गर्दै टंकले गीत संगीत मार्फत सबैलाई एक जुट हुन् आब्हान गरेका छन् ।‘सेभ नेपाल’ बोलको गीतमा संगीतकार बुढाथोकी र गायिका अनु ढकालको संगीत ,शब्द र आवाजमा सुन्न सकिन्छ ।देश यो अवस्थामा सबैलाई एक जुट हुदै भुकम्प पिडितलाई सहयोग गर्नु पर्ने बताउने गायक टंकले देशको अहिलेको अवस्थालाई हेरेर गीत निकालिएको बताउनु भयो ।छिट्टै विभिन्न कलाकारहरुलाई राखेर भिडियो निर्माण गर्ने ‘सेभ नेपाल’बोलको गीतले भुकम्प पिडितलाई सहयोगको लागि सहयोग पुग्ने टंकको विश्वास रहेको छ । गीतको अडियो युट्युबबाट भर्खरै सार्वजनिक गरिएको छ ।

Namaste Filmy

Read Previous

भुकम्पपिडितका लागी महानायकबाट ९० लाख ।

Read Next

भुकम्पपिडितलाई सलमानको सहयोग हल्ला मात्रै ।