बलिउडका मशहुर साउन्ड डिजाइनरको कार दुर्घटनामा मृत्यु ।

फाल्गुन १९ ।
[dropcap]ब[/dropcap]लिउडका एक मशहुर साउन्ड डिजाइनर निमेश छेडाको गाडि दुर्घटनामा परेको कारण शुक्रबार ज्यान गएको छ । हाल शिल्पाको नयां फिल्म ढिश्कियाउ मा काम गरिरहेको ३५ बर्षीय निमेष फेब्रुअरी १७ का दिन घर फर्कदै गर्दा गाडि दुर्घटनामा परेका थिए ।03_03_2014-3nimishगाडि अनियन्त्रित भई सडक छेउको डम्परमा ठोक्किएपछि उनलाई तत्काल अस्पाताल लगिएको थियो । अस्पातालमा उनको स्वास्थ्य लगातार गम्भीर बन्दै गइरहेको थियो । गहिरो चोट लागेका उनको अन्तत शुक्रबार निधन भएको छ । निमेष आफना श्रीमति र एक छोरीको साथ मुम्बईमा बस्दै आइरहेका थिए । उनले बलिउडमा सवारिया, कमिने लगायतका कयौ सुपरहिट फिल्ममा साउन्ड डिजाइनरको रुपमा काम गरेका छन । स्मरण रहोस निमेषलाई सन २०११ मा महाराष्ट्र स्टन्ट सम्मान गरिएको थियो ।

Namaste Filmy

Read Previous

'टुवेल इयर्स अ स्लेभ' ले उचाल्यो यस बर्षको ओस्कार अवार्ड । (पुर्ण विवरणसहित)

Read Next

दयाहाङले रांगा चढेपछि यस्तो बन्यो 'कबड्डी' । (ट्रेलर हेर्नुहोस)