नेपालीलाई उर्जा दिने भारतीय गायकको गीत ।

Gaurav-Dagaonkar [dropcap]भा[/dropcap]रतीय गायक तथा सँगीतकार गौरव डगोनकरले बिनाशकारी भुकम्पले बिक्षिप्त भएका नेपालीहरुमा समर्पित उर्जशाील गीत गाएका छन । गीतमा उनले नेपालीलाई हिम्मत नहार्न भन्दै भनेका छन- ‘दि सन इज राइज एगेन (सुर्य फेरी उदाउनेछ )।
नेपालीलाई बीर गोर्खालीको संज्ञा दिदै उनले गाएको यो गीतको हाल चौतर्फी तारिफ भइरहेको छ । गौरवले भुकम्पबाट बिक्षिप्त नेपालीलाई साहस प्रदान गर्नका लागी साँगितिक प्रयास गरेको बताएका छन ।
गौरब केहि साताअघि नेपाल आएका थिए । उनी नेपालमा पाँच दिनसम्म बसेर फर्किएका थिए । यसअघि पनि नेपाली गीतहरुको कभर भर्सन गाएर चर्चामा आएका उनी नेपालीहरुमाझ राम्रोसँग चिनिएका गायक हुन ।

Namaste Filmy

Read Previous

चलचित्रकर्मीले भुकम्प पिडितलाई राहत र सहयोग वितरण गर्दै,मिलन अमात्य र सलोनले गरे यसरि सहयोग

Read Next

रमेश भन्छन : धेरै कलाकार राहतको नाममा प्रचारमा ब्यस्त ।