रमेश भन्छन : धेरै कलाकार राहतको नाममा प्रचारमा ब्यस्त ।

Rameshchandrarai-bhukampa3बिनाशकारी भुकम्पबाट पिडितहरुलाई नायक रमेश चन्द्र राईले ब्यक्तिगत सहयोग गरेका छन । शनिबार झाँगाझोली पुगेर उनले पिडितहरुलाई  विभिन्न राहत सामाग्रीसँगै आर्थिक सहयोग गरेको हो ।
उनले इजरायलमा फिल्म माई प्रमिसको च्यारिटी शो बाट संकलित रकम भुकम्पपिडितलाई दिएका हुन । उनले भने : ‘च्यारिटीबाट आएको पैसालाई आधा अपांग पुनस्थपाना केन्द्रलाई दिए र आधा भुकम्पपिडितलाई ।’
सहयोग गर्न पाउदा आफु अत्यन्तै खुशी रहेको उनले बताए । धेरै सहयोग गर्न नसकेपनि मेरो सानो सहयोग पिडितका लागी करोडौ भन्दा कम छैन उनले भने ।Rameshchandrarai-bhukampa1यता उनले राहत बितरणको नाममा मिडिया र क्यामेरासामु एक्सपोज दिदै हिड्ने कलाकार देख्दा दुख लागेको बताए । उनले भने : ‘कतिपय सेलेब्रेटी यस्ता छन, कि जहाँ जहाँ क्यामेरा त्यहाँ एक्पोज हुन्छन । अनि मिडियामा आफ्नो प्लेटफर्म बनाइरहेका छन । अनि त्यसै चर्चित बनिरहेका छन ।’
उनले आफुलाई त्यस्तो सस्तो लोकप्रियता नचाहिएको बताए । आफुले सहयोग गर्दा पनि कुनै मिडिया वा प्रचार नखोेजेको उनले बताए । तर पनि अरु ठुलो स्टारको भन्दा आफ्नो सहयोग कम महत्वपुर्ण नभएको उनी बताउछन । Rameshchandrarai-bhukampaउनले पिडित अनि दुखीको घाउमा मल्हम लगाउन आफु कुनै स्टार वा करोड पति हुननपर्ने बताए । मनभित्रबाट सहयोगको भावना आए सबैलाई खुशी मिल्ने उनको भनाई छ ।
उनले सरकारले अहिले गरिरहेको उद्धार र राहत बितरण पनि चित्तबुझ्दो नभएको बताए । डोनेशन आएको पैसासमेत पहुँचवालाले कब्जा गरेको भन्दै उनले सिस्टम नै नभएको बताए ।

Namaste Filmy

Read Previous

नेपालीलाई उर्जा दिने भारतीय गायकको गीत ।

Read Next

भुकम्पपिडितको सहयोगमा राम चरण ।