बालाजीबाट पनि भुकम्पपिडितलाई राहात सामाग्री ।

Balaji-help-Bhukampa1नारायण अधिकारी । नेपालमा गएको माहाभुकम्प प्रभाबितहरुलाई राहात बितरण गर्न  भारतको चर्चित टेलिफिल्म उत्पादक  बालाजी टेलिफिल्मस मुम्बईबाट राहत सामाग्री  नेपाल आई पुगेको छ । कास्कीको हंसपुर घर भई २० बर्ष देखि बालाजीमा मुख्य भुमिकामा कार्यरत रबिचन्द्र भटराईले ६ लाख ५० हजार भारतिय रुपैयाँको राहात सामग्री भारतमै खरिद गरि नेपाल ल्याउनु भएको हो ।
कम्पनीका सञ्चालक जितेन्द्र ,शोभा, एकता र तुषार कपुरले दुःखमा नेपालीलाई साथ दिन आफनो आग्रहमा राहात सामग्री पठाएको बालाजीका हेड अफ द पोष्ट प्रोडक्सनको भुमिका निवार्ह गर्दै आउनु भएका भटराईले बताउनु भयो । Balaji-help-Bhukampaउहाले १ हजार थान कम्बल ६सय ५० थान दरी , ५ सय ४० थान त्रिपाल , १सय ७५ कार्टुन बिस्कुट , तीन सय कार्टुन पानी ,चाउचाउ ,सातु ,दालमोठ लगायतका सामाग्री  ल्याएको बताउनु भयो । चितवनमा आई पुग्नुभएका भटराईले ती सामाग्रीलाई सिन्धुपाल्चोकका भुकम्प प्रभाबितलाई बितरण गर्ने बताउनु भयो । रासस

Namaste Filmy

Read Previous

अन्तत: सलमान खान दोषी । जेल चलानको तयारी ।

Read Next

सलमानको आमा बेहोश भइन् । भक्कानिदै बहिनीहरु ।